प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङको महत्त्वपूर्ण पर्यटकीयस्थल हो, सेकुङ ताल । यो ताल मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्दछ । जहाँ पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदा तालको गरिमा झन् बढेर गएको छ ।

सडक सञ्जालले छोएपछि दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउन थालेको स्थानीयवासी बताउछन् । बहुचर्चित बेनी– जोमसोम– कोरोला सडक खण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने यो तालसम्म पुग्न अहिले लगभग प्रन्ध्र मिनेट लाग्छ ।

एक वर्ष अगाडि तालसम्म पुग्न पैदलमार्फत जानुपर्ने बाध्यता थियो । पैदल जाँदा करिब डेढ घण्टा लाग्थ्यो । तालबाट दुई ठूला हिमाल धौलागिरि र निलगिरि देख्न सकिन्छ ।

ताल समुद्री सतहदेखि दुई हजार सात सय २५ मिटर उचाइमा अवस्थित छ । तालसम्म पुग्न व्यवस्थित सडक निर्माण सँगसँगै ताल वरपर रिङरोड, पार्किङ, प्रतिक्षालय लगायतका भौतिक पूर्वाधार समेत निर्माण गरिएको वडा नं– २ का अध्यक्ष गौतम शेरचनले बताउनुभयो ।

मुस्ताङ जिल्लामा मात्रै करिब आधा दर्जनभन्दा बढी तालतलैया छन् । जसमा अत्यन्तै चर्चित ताल ढुम्बा हो । यो घरपझोङ गाउँपालिका– ५ मा पर्छ । तर अहिले सेकुङ ताल पनि आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको वडाध्यक्ष शेरचनको ठम्याइ छ ।

थासाङ गाउँपालिकाभित्रका प्रमुख आकर्षणको रुपमा रहेको टिटी ताल र भुछर ताललाई समेत विभिन्न निकायले संरक्षण र व्यवस्थापनमा आवश्यक पहलकदमी चालिरहेको अध्यक्ष शेरचनले बताउनुभयो ।

गत साल मात्रै तीन वटा तालको संरक्षण र प्रवर्द्धन गर्नको लागि सङ्घीय सरकारले गुरुयोजना नै बनाएर रू एक करोड ५० लाख बजेट विनियोजनसमेत गरेको थियो । पर्यटकलाई त्यहाँसम्म जाने वातावरण निर्माणका लागि विशेषतः प्रचारप्रसारको खाँचो देखिएको वडाध्यक्ष शेरचनको भनाइ छ ।

 

मङ्लबार, २१ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो