Trending
नेपालमा यो बर्ष घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको पर्यटन बोर्डले जनाएको छ । भूकम्प र नाकाबन्दीका कारण थलिएको पर्यटन व्यवसाय उत्साहप्रद रुपमा छ । पर्यटन व्यवसायीहरुले लामो समयपछि सन्तोषको लामो स्वाश फेर्न पाएकाछन् ।
उनीहरुले भूकम्प र नाकाबन्दीका कारण आफ्नो व्यवसाय बन्द गर्नु परेको थियो । तर, अहिले व्यवसायले काँचुली फेर्दा भने उनीहरु मक्ख नै देखिन्छन् । नेपालका पर्यटन व्यवसायीहरुलाई यो सिजनमा बिदेशी र स्वदेशी दुबै पर्यटकलाई हिमाल चढाउन र नेपालका बिभिन्न ठाउँमा घुमाउन भ्याई नभ्याई छ ।
बिशेष गरेर ट्रेकीङको लागि आउने पर्यटकहरु नेपालको प्राकृतिक सुन्दरता हेरेर मक्ख पर्ने गर्दछन् । Advent Himalaya Treks का मेनेजिङ डाईरेक्टर बाबुराम गुरुङलाई पनि यतिबेला बिदेशी पर्यटकलाई घुमाउन भ्याईनभ्याई छ । उनी अहिले लामो समय पछि पर्यटन क्षेत्रले उन्मुक्ति पाएकोमा निकै खुशी पनि छन् । यो सिजनमा उन्लाई धेरै पर्यटक घुमाउनु पर्ने चटारो पनि छ ।
अहिले यो सिजनमा उनी बिदेशी पर्यटकलाई घुमाउन पर्यटकीय नगरी कास्कीको पोखरा हुँदै घोरेपानी पुगेकाछन् । घोरेपानीबाट देखिने मार्दी हिमालको दृष्यावलोकन गर्दे त्यहाँको प्रकृतिसंग रमाउन पाउँदा बिदेशी पर्यटक पनि मक्ख छन् । कतिपय पर्यटकहरु नेपालको पर्यटनबाट सिक्नकोलागिसमेत नेपाल आउने गरेकाछन् ।
बाबुराम गुरुङ एउटा राष्ट्रिय स्तरको पर्यटन व्यवसायी भएकाले गर्दा पनि उनीसंग घुम्न जान पर्यटकहरु निकै लालयित हुने गरेकाछन् । टानमा पनि लामो समय काम गरेको अनुभव भएकाले पनि उन्लाई ट्रेकीङ सम्बन्धि सबै ज्ञान छ । पर्सनल रिलेसनको भरमा आउने पर्यटक गुरुङका धेरै छन् । बर्षेनी बिदेशी पर्यटकलाई घुमाउनु उन्को जिम्मेवारी पनि हो ।
बिदेशी पर्यटक नेपाल घुम्न आउने सिजन भएकाले पनि यो बेला उन्लाई धेरै टिप गर्नु छ । यो घोरेपानीको झण्डै दुई हप्ताको घुमाई सकेर फेरी अरु पर्यटकलाई घुमाउनु छ उन्लाई । धेरै पर्यटक नेपाल भित्रदा पर्यटन व्यवसायीको रोजगारी पनि बढेको छ भने धेरै युवाहरुले काम पनि पाएकाछन् । भन्छन, बिगतको जस्तो अवस्था नभएको र यो सिजनमा पर्यटन व्यवसायीहरुले राम्रो संग काम पाएकाछन् ।