यस बर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि २५७ जना लियजन अफिसर (सम्पर्क अधिकृत)ले तालिम लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका दुई वटा संस्थाले उनीहरुलाई तालिम दिएको हो ।

वसन्त ऋतु सुरु भएसँगै हिमाल आरोहणको लागि एक्सपेडिसन कम्पनीहरुले आरोहण अनुमति लिन सुरु गरेको बेला सम्पर्क अधिकृत बन्न पनि आकर्षण देखिएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रज्ञा प्रतिष्ठान र नेपाल माउन्टेन एकेडेमीले उनीहरुलाई तालिम दिएको हो ।

यस्तो तालिममा सैद्धान्तिक कक्षा प्रतिष्ठानले प्रदान गरिरहेको छ भने एक दिनको व्यहारिक परीक्षण एकेडेमीले सञ्चालन गरेको छ । प्रतिष्ठानका सूचना अधिकारी उमेश सुवेदीले यस वसन्त ऋतुको सिर्जनको लागि लियजन अफिसरहरुको तालिम सम्पन्न भएको जानकारी दिनुभयो । सहभागीहरुलाई प्रमाणप्रत्र पनि वितरण गरिसकेको उहाँले बताउनुभयो ।

सुवेदीले यस बर्ष लियजन अफिसरका लागि आकर्षण निकै राम्रो देखिएको भन्दै प्रतिष्ठानले प्रदान गरेको यो तालिम ४७ औं भएको र हालसम्म सात हजार ६६५ जनालाई तालिम दिइसकेको जानकारी दिए । यीमध्ये महिला एक हजार ५१० छन् भने बाँकी पुरुष छन् ।

त्यस्तै, एकेडेमीले लियजन अफिसरको एक दिने प्राक्टिकल टेस्ट सम्पन्न भइसकेको नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका महासचिव छिरिङ जाङबु शेर्पाले बताउनुभयो । एकेडेमीले रानीवन, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा यस्तो परीक्षण गराएको उहाँले बताउनुभयो । यस्तो टेष्टले सम्पर्क अधिकृतहरुले हिमाल आरोहणमा जाँदा कसरी निगरानी गर्ने रु कसरी हिंड्ने रु कुनै ठाउँमा लेक (हाइ) लाग्यो भने के गर्ने ? दिनमा पानी कति खाने रु हरेक दिन कति दुरीसम्मको उचाई चढ्ने ? हिमालमा चढ्दा कसरी लुगा लगाउने रु जस्ता कुरा सिकान्छ ।

यस्तो तालिममा सम्वन्धित मन्त्रालयबाट दुई जना कर्मचारीदेखि प्रहरी, सेनाका प्रतिनिधि पनि हुन्छन् । त्यस्तै, सगरमाथा आरोही संघबाट पाँचदेखि १० प्रतिशत मात्र लियजन अफिसरको तालिम लिन पाउँछन् ।

छ हजार पाँच सय मिटरभन्दा माथिको उचाइमा रहेका प्रत्येक आरोही समूहका लागि सम्पर्क अधिकृतबाट अनुगमन गर्ने व्यवस्था छ । लियजन अफिसरले प्रत्येक गतिविधि सरकारलाई रिपोर्ट गर्छन् । आरोही समूहहरूले सामना गर्ने समस्याहरूको लागि मध्यस्थता गर्छन् । हिमाल आरोहण चालू रहेसम्म आधार शिविरमा बस्छन् । आरोहीहरुले सम्पर्क अधिकृतहरुको बीमा, चिकित्सा खर्च र उद्धारको खर्च व्यहोर्नुपर्छ ।

सम्पर्क अधिकृतले दैनिक भत्ता पाँच सय रुपियाँ, नयाँ र पर्वतारोही दलका सदस्यले प्रयोग गरेका वा समान गुणस्तरका कम उचाईमा प्रयोग हुने एक र आधार शिविरमा प्रयोग हुने एक गरी स्लिपिङ ब्याग दुई थान, ऊनी ट्राउजर वा निकर दुई थान, उनी मोजा चार जोर, पञ्जा एक जोर, हिउँमा लगाउने जुत्ता एक जोर, ट्रेकिङ जुत्ता एक जोर, गेटर एक जोर, फेदर ज्याकेट एक वटा, विण्ड ज्याकेट एउटा, विण्ड ट्राउजर एउटा, डाउन पेण्ट एउटा, स्विटर एउटा, ऊनी कमिज दुई वटा, ऊनी टोपी एउटा, हावा वा रवरको डस्ना एउटा, रुकस्याक एउटा, हिउँमा लगाउने चस्मा एउटा, छाता वा रेनकोट एउटा, पर्वतारोहण अवधिभर प्रयोग गर्ने पाल एक थान, खाना, औषधि र औषधि उपचारका सरसामान, भरियाको सुविधा पाउँछन् ।

एक्ट्रिम क्लामबर्स टे«क्स एण्ड एक्स्पेडिशन कम्पनीका प्रबन्ध निर्देशक पेम्बा शेर्पाले धेरै जसो सम्पर्क अधिकृतहरु बेस क्याम्पसम्मै नपुग्ने बताए । उनले कोही सम्पर्क अधिकृत आफ्नो कामप्रति केन्द्रीत हुने र राम्रोसँग काम गर्ने भए पनि कतिपयले नगर्ने बताउनुभयो ।

शेर्पाले भन्नुभयो ‘हरेक कुराको लागि सम्पर्क अधिकृत खटाएको हुन्छ । ड्रोनको लागि, फिल्म सुटिङको लागि पनि खटाएको हुन्छ । अरु ठाउँमा सम्पर्क अधिकृतहरु जान्छ । तर हिमाल आरोहणको लागि चाहिं उनीहरु बेस क्याम्पसम्मै पुग्ने थोरै हुन्छन् ।’

कहिले मौसमले त कहिले स्वास्थ्य समस्याले पनि उनीहरुलाई माथि पुग्न साथ नदिने उहाँको भनाई छ । शेर्पाले थपे, किनभने सम्पर्क अधिकृतहरु हिमालसँग, त्यहाँको वातावरणसँग घुलमिल भएको हुँदैन् । त्यही भएर सम्पर्क अधिकृत सकेसम्म स्थानीयलाई खटाउनुपर्छ ।’

अहिले शेर्पाहरु पनि पढेलेखेका छन् भन्दै  उनीहरु हिमाल पनि आरोहण गरिरहने भएकाले सम्पर्क अधिकृत उनीहरुलाई बनाउँदा राम्रो हुने उहाँको तर्क छ । शेर्पाले हामी सबैको कुरा भनेको हिमाललाई कसरी सुरक्षित राख्ने रु भन्ने नै हो भन्दै जुन कुरामा जो विज्ञ छ, उसैले सो काम गर्दा राम्रो हुने बताउनुभयो ।

आइतवार, १९ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो