वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो (रुट) तयार हुन अझै एक महिना लाग्ने भएको छ । पर्यटन विभागका अनुसार फागुन अन्तिम सातादेखि सुरु भएको सगरमाथा आरोहणको बाटो पहिल्याउने काम वैशाख १५ गते (मे फस्र्ट) सम्ममा पूरा हुनेछ । अहिले अनुभवी आइसफल डाक्टर (हिउँमा बाटो बनाउने व्यक्ति)को १० सदस्यीय टोलीले बाटो खुला गर्ने प्रयास गरिरहेका छन् ।

बुधबार क्याम्प–१ माथि गएको हिमपहिरोमा परी दुई जना आइसफल डाक्टर घाइते भएपछि क्याम्प–२ सम्मको बाटो बन्न मात्रै अझै पाँच दिनजति लाग्ने विमागले जनाएको छ ।

विभागका आरोहण शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार क्याम्प–२ सम्म बाटो बनाउने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले गरिररहेको छ भने त्यसभन्दा माथि पर्वतारोहण सञ्चालक सङ्घले जिम्मा लिएको छ । उहाँले भन्नुभयो, “आरोहणका लागि खोलिने बाटोमा खाल्टाखुल्टी पर्ने र हिउँ थुप्रिएर अवरुद्ध हुने भएकाले हरेक वर्ष नयाँ बाटो तयार गर्नुपर्ने हुन्छ । चुचुरोसम्मै बाटो बनाउन अझै एक महिना लाग्न सक्छ ।”

वसन्त ऋतुको सगरमाथा आरोहणका लागि हालसम्म चार समूहका ३१ जनाले आरोहण अनुमति लिइसकेका छन् । अनुमति लिनेमा सात जना महिला छन् ।

हालसम्म १० वटा हिमालका लागि अनुमति जारी भएको जानकारी दिँदै कोइरालाले अन्नपूर्ण र सगरमाथाबाहेक मनासलुका लागि १५, हिमलुङ हिमालका लागि १२, पाङ्ग्री गोल्डुम्बाका लागि छ, वरुणत्से र थोरोङ पिकका लागि पाँच/पाँच जनाले आरोहण अनुमति लिएको बताउनुभयो । त्यस्तै नुप्त्सेका लागि तीन, सुर्मासरोवरका लागि दुई जनाले अनुमति लिएका छन् ।

सगरमाथामा आरोहणका लागि दिएको अनुमतिमध्ये नेपालबाट एक समूहका १० जनाले अनुमति लिएका हुन् । त्यस्तै अमेरिकाका आठ, चीनका पाँच, अस्ट्रेलियाका दुई/दुई र जर्मनी, हङ्गेरी, सिङ्गापुर र दक्षिण अफ्रिकाका एक/एक जनाले आरोहण अनुमति लिएका छन् ।

यो सिजनमा सबै हिमालतर्फ अहिलेसम्म ३३ मुलुकका आरोहीले अनुमति पाएका छन् । जसमा सबभन्दा धेरै नेपाली (३४ जना) छन् । दोस्रो स्थानमा अमेरिकी नागरिक १४ जना, दक्षिण कोरियाबाट नौ, भारत, चीन, क्यानडाबाट आठ/आठ जनाले अनुमति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ । हालसम्म हिमाल आरोहणबाट सरकारले चार करोड ९५ लाख पाँच हजार ३७० रुपियाँ रोयल्टी सङ्कलन गरेको छ ।

शुक्रबार, १७ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा