कलकल बगेको राप्ती नदी, चराचुरुंगीको चिरबिर आवाज। शान्त वातावरण, सूर्यास्तको लोभलाग्दो दृश्यले पटिहानी पुग्ने पर्यटक लोभिने गर्छन्। नदी किनारमा घाम ताप्दै गरेका गोहीको दृश्यले जो कोहीलाई मोहित बनाउँछ। चितवन राष्ट्रिय निकुञ्ज छेवैमा रहेको पटिहानीले अहिले आन्तरिक मात्रै होइन बाह्य पर्यटकलाई पनि आकर्षित गरेको छ। पटिहानी पुग्ने पर्यटक भन्छन्, ‘यहाँ आएपछि त दोहोर्‍याएर आउन मन लाग्छ।’

विश्वका आर्थिक व्यवस्था मजबुत भएका दशका पर्यटकहरू चितवन राष्ट्रिय निकुञ्जभित्रका होटलमा आउँथे। प्रकृतिको शान्त वातावरणमा रमाउन चाहने पर्यटक निकुञ्जभित्रको होटल बन्द भएपछि चितवन आउन छोडेका थिए। अहिले शान्त वातावरणको पर्यटन मन पराउने पाहुना पटिहानीमा आकर्षित हुन थालेका छन्।

देशकै १०० पर्यटकीय गन्तव्यभित्र पटिहानी सूचीकृत भएसँगै पर्यटकीय पूर्वाधार विकासको काम भइरहेको छ । भरतपुर महानगरभित्र पर्ने पश्चिम चितवनका पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माणमा महानगर पनि केन्द्रित भएको छ । निकुञ्जको मुख्य कार्यालय कसरा पश्चिम चितवनको जगतपुर हुँदै जानु पर्छ भने माडी पनि सोही सडक हुँदै जाने गरिन्छ । निकुञ्जको मुख्य कार्यालयमा घडियाल र गिद्ध प्रजनन केन्द्र रहेको छ । यहाँ पनि ठूलो सङ्ख्यामा पर्यटक जाने गरेका छन् ।

निकुञ्जमा पर्यटक दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीजस्ता जनावरसँगै चराचुरुङ्गी हेर्न आउने गर्दछन् । यसका अतिरिक्त विभिन्न जातजातिका सांस्कृतिक रहनसहन र खानामा पर्यटक रमाउने गर्दछन् । पश्चिम चितवनमा सांस्कृतिक विविधताका कारणले पर्यटकको मागअनुसारका खानासँगै संस्कृति हेर्न पाइन्छ । यससँगै घरवासमा रमाउन चाहनेका लागि पनि पश्चिम चितवनमा सुविधा रहेको छ ।

पर्यटन प्रवद्र्धन गर्न पर्यटन व्यवसायी र स्थानीयको सक्रियता बढेपछि पर्यटकीय योजना अघि बढाएको वडाध्यक्ष विष्णु महतोले बताउनुभयो। ‘शान्त माहोलमा रमाउन चाहने पर्यटकको संख्या अहिले बढ्न थालेको छ। महँगा पर्यटक अहिले हाम्रोमा बढी आउँछन्। पहिला हामी प्रचार गथ्र्यौ अहिले उनीहरूले आफैं गरिदिन्छन्,’ उहाँले भन्नुभयो, ‘पर्यटन बोर्डमा इको इन्ट्री प्वाइन्ट अझै पनि सौराहा देखिन्छ। त्यसलाई अब पटिहानी मेघौली जगतपुुरमा किन बिस्तार नगर्ने ?

पर्यटनमा ख्याती कमाएको सौराहा कोलाहल बन्दै गएपछि पर्यटक पश्चिम चितवनमा केन्द्रीत छन्। ‘पटिहानीलाई ‘ब्रान्डिङ’ गर्न लागेका छौं,’ स्थानीय व्यवसायी दिपक पौडेलले भन्नुभयो ।

आइतवार, १२ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !