नेपालको सबभन्दा ठूलो रारा ताल घुम्ने मौसम सुरु भएको छ । अन्य मौसमभन्दा चैतदेखि असारसम्म रारामा भ्रमण गर्न उपयुक्त मानिन्छ ।

काठमाडौँबाट रारा तालको अवलोकन गर्न आएका अनिल श्रेष्ठले यो समयमा राराको मौसम राम्रो पाएको बताउनुभयो। “रारामा आकाशको रङसँगै छिनछिनमा तालको रङ बदलिँदो रहेछ, पानी कहिले नीलो बन्छ, कहिले कालो, कहिले सेतो, रङसँगै पानीको रङ फेरिँदो रहेछ,” उहाँले भन्नुभयो । आकाशमा मडारिने बादलको छाया तालमा पर्दा र बिहान पानी स्थिर भएका बेला तालमा हिमालको छाया टल्किँदा रारा झनै मनमोहक भएको उहाँको अनुभव छ ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार रारा हेर्न आउने समय चैतदेखि असारसम्म उपयुक्त हुने जनाएको छ । कार्यालयका प्रमुख विष्णुबाबु श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको फागुनको मसान्तसम्म तीन हजार ७०१ आन्तरिक र १०५ विदेशी पर्यटक रारा घुम्न आएका छन् ।

रारा ताल दुई हजार ८८० मिटरको उचाइमा अवस्थित छ । १६७ मिटर गहिरो, ५ दशमलव १ किमि लम्बाइ र २ दशमलव ७ किमि चौडाइमा फैलिएको छ । ताल किनारको लम्बाइ १४ दशमलव ६ किमि छ । हिँडेर तालको फन्को मार्न सात घण्टा लाग्छ । रारामा साइक्लिङ गर्न र घोडामा घुम्न मिल्छ तर रारामा पौडी खेल्न र नुहाउन पाइन्न ।

ताल क्षेत्रमा रारा महादेव, छाब्रु महादेव, लगुडा मन्दिर छन् । तालको पूर्वतिर छायानाथ हिमाल पर्छ । छायानाथसँगै ऋणीमोक्ष चुलीमा वर्षैभरि हिउँ रहन्छ ।

स्थानीय समाजसेवी रूपबहादुर मल्लले राराको पर्यटन प्रवर्द्धनमा तीन तहका सरकारले प्राथमिकतामा नपारेको बताउनुभयो । “नियमित उडान, भरपर्दो मोटरबाटो र सुविधायुक्त होटलजस्ता पूर्वाधार छैनन्, अर्को कुरा राराको मार्केटिङ भइसकेको छैन । रारामा योग र ध्यान केन्द्र बन्न सक्छ, त्यतापट्टि कसैको ध्यान गएको छैन,” उहाँले भन्न्ुभयो ।

पर्यटन व्यवसायी दुर्गा रावलले जुम्लाबाट रारा हुँदै खप्तड, डोल्पा र हुम्लासम्म पुग्ने पद मार्गमा पूर्वाधार विकास गरी मार्केटिङ गर्न सके लामो पद यात्रा गर्न चाहने पर्यटक पनि आकर्षित हुन सक्ने बताउनुभयो । “यसका लागि राराबाट छायानाथ, ऋणीमोक्ष तीर्थस्थलसम्म पद मार्ग निर्माण हुन जरुरी छ,” उहाँले भन्नुभयो ।

छायानाथ रारा नगरपालिकाले राराको पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमको तयारी गरिरहेको नगरप्रमुख विष्णुकुमार भामले बताउनुभयो । उहाँका अनुसार निकट भविष्यमा यहाँका युवाका लागि रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले होटल, पर्यटक पथप्रदर्शन र पर्यटन व्यवसायसँग सम्बन्धित अन्य तालिम दिने योजना नगरपालिकाको छ ।

आइतवार, १२ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे