file photo

यो वर्षको वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न १५ जनाले अनुमति लिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शुक्रबार पहिलो आरोही समूहलाई आरोहणको अनुमति दिनुभएको पर्यटन विभागले जनाएको छ।

विभागका आरोहण शाखा अधिकृत विज्ञान कोइरालाले १० जना पुरुष र पाँच जना महिलाले पहिलो आरोहण अनुमति लिएको बताउनुभयो। उहाँले भन्नुभयो, “सगरमाथा आरोहण गर्न अस्ट्रेलिया, चीन, जर्मनी, हङ्गेरी, सिङ्गापुर, दक्षिण अफ्रिका, थाइल्यान्ड र अमेरिकाका नागरिकले पहिलो अनुमति लिनुभएको छ। अहिले खुम्बु आइसफलसम्म बाटो बनाउने काम भइरहेको र लगत्तै डोरी टाँग्ने काम सकेपछि अबको तीन सातापछि सगरमाथामा आरोहण सुरु हुन्छ।”

सगरमाथामा पहिलो आरोहणको अनुमतिबाट सरकारलाई दुई करोड १६ लाख ८६ हजार रुपियाँ रोयल्टी सङ्कलन भएको छ। यस सिजनमा अन्य पाँच हिमाल आरोहण गर्न ५३ जनाले अनुमति लिएका छन्। पुरुष ३६ जना र महिला १७ जनाले लिएको आरोहण अनुमतिबाट सरकारलाई एक करोड ३६ लाख चार हजार ७३० रुपियाँ रोयल्टी प्राप्त भएको छ।

शनिबार, ११ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो