पर्यटन व्यवसायीहरूले मजबुत पर्यटन नीति बनाउन माग गरेका छन्। चिनियाँ पर्यटकको नेपाल बसाइ लम्ब्याउन, सडक पूर्वाधारको विकास गर्न र मजबुत पर्यटन नीति बनाउन उनीहरूले माग गरेका हुन्।

पर्यटन व्यवसायीहरूले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचीमा राखेकाले नेपाल घुम्न आउने चिनियाँ पर्यटकमा वृद्धि हुने भन्दै बसाइ लम्ब्याउन र पूर्वाधार निर्माणमा जोड दिन माग गरेका हुन्।

कोभिड–१९ महामारीको कारण चीन सरकारले चिनियाँ नागरिकलाई विदेश घुम्न रोक लगाएको थियो। तर केही दिनअघि मात्रै चीन सरकारले आफ्ना नागरिकका लागि नेपाललाई गन्तव्य मुलुकको दोस्रो सूचीमा राखेको छ।

चिनियाँ नागरिकका लागि गन्तव्य मुलुकको पहिलो सूचीमा थाइल्याण्डलगायत अन्य मुलुक परेका छन्। नेपालमा सन् २०१९ सम्म चिनियाँ पर्यटकको आगमन उल्लेख्य मात्रामा थियो। महामारीपछि चिनियाँ पर्यटकको आगमन कम हुँदै आएको छ।

पर्यटन व्यवसायीहरूले नेपाल आउने पर्यटकहरूलाई सेवा दिन भौतिक संरचनालगायत अन्य सेवाका लागि निजी क्षेत्र तयारी अवस्थामा रहेको बताएका छन्।

पर्यटन व्यवसायी सुदर्शन नेपालले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचीमा राखेकाले नेपालले हवाई उडानलाई नियमित सीधा उडान सेवा थप विस्तार गर्नुपर्ने बताउनुभयो।

‘चिनियाँ पर्यटक आउँदा होटल, गाइडहरूले प्रत्यक्षरूपमा लाभ लिन सक्छन्। रेष्टुरेन्टमा खानामा बढी खर्च गर्ने तथा नेपाली उत्पादनहरू सबैभन्दा बढी खरिद गर्ने गर्छन्,’ उहाँले भन्नुभयो, ‘सरकारले चिनियाँ पर्यटक बढाउन चार्टर उडान पनि गर्न सक्नुपर्छ।’ उहाँले तिब्बत घुम्न आउने पर्यटकहरूलाई सडक मार्ग हुँदै धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको बताउनुभयो।

अर्का पर्यटन व्यवसायी अभिषेक साहले सरकारले चीनका पर्यटक ल्याउन नियमित रूपमा चीन–नेपाल हवाई उडानको व्यवस्था गर्नुपर्ने बताउनुभयो। उहाँले कति चिनियाँ पर्यटक नेपाल ल्याउने भन्ने मुख्य भूमिका सरकारको भएको बताए। सरकारले सबैभन्दा पहिले पर्यटन नीति बनाउन आवश्यक रहेको उहाँको भनाइ छ।

शुक्रबार, १० चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा