जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ स्थित लार्केपासमा हिउँ पहिरोमा परेका दुई जना नेपाली नागरिकहरूको सकुशल उद्धार गरिएको छ ।

नवलपुर कावासोती निवासी सौरभ खनाल र अनिता घलेलाई सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए ।

समुन्द्र सतहबाट करिब ५ हजार १०६ मिटर अग्लो लार्केपास गएका उनीहरू बुधबार दिउँसो हिमपहिरोमा परेको पर्यटक गाइड सुसन गुरुङले जानकारी दिएको सूचनाका आधारमा उनीहरूको उद्धार गरिएको हो ।

धर्मशालाबाट बिहानै हिँडेका उनीहरुलाई गुरुङले हिमपहिरोमा फसेको बारेमा स्थानीय र प्रहरीमा जानकारी गराएका थिए । त्यस लगत्तै साम्दोको गुम्बाबाट गएका स्थानीयहरूको एक समूहले दुवै जनालाई सकुशल उद्धार गरी बुधबार मध्य राती धर्मशालामा फर्काउन सफल भएका थिए ।

प्रहरीका अनुसार खनालको स्वास्थ्यमा केही समस्या देखिएको र घले भने सकुशल रहेका छन् ।

बिहिबार, ९ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे