नेपालमा पर्यटकीय मौसम सुरु भएसँगै पर्यटक आगमनमा वृद्धि भएको छ । पर्यटन व्यवसायीका अनुसार पदयात्रा र हिमाल आरोहणमा जाने पर्यटकहरूको सङ्ख्या पनि बढेको छ ।

पछिल्लो दुई महिनामा टान (ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल)बाट पदयात्राका लागि विभिन्न देशका पर्यटकहरूले ८६७ वटा टिम्स कार्ड लिएका छन् । सन् २००८ जनवरी १ देखि पदयात्राका लागि टिम्सको (पदयात्री सूचना व्यवस्थापन प्रणाली कार्ड) प्रावधान लागू भएको थियो । टान र नेपाल पर्यटन बोर्डले यस्तो कार्ड विवरण गर्दै आएका छन् ।

गएको जनवरी महिनामा ३०७ र फेब्रुअरी महिनामा ५६० जनाले टिम्स कार्ड लिएको टानका वरिष्ठ उपाध्यक्ष कृष्ण दाहालले जनाएका छन् । साथै पर्यटक भित्रिने क्रम जारी रहेको उनले जनाए । पर्यटन बोर्डले अप्रिल १बाट एफआईटि बन्द नगर्ने निर्णय गरेको छ । सो निर्णय अनुसार पदयात्रामा जाने पर्यटकहरूले दर्ता भएको कम्पनीबाट मात्र पदयात्रा गर्नुपर्ने, एक जना गाइड अथवा एक जना पोर्टर अनिवार्य रूपमा लैजानुपर्ने हुन्छ ।

एक्लै पदयात्रामा गएका पर्यटकहरू विभिन्न समस्यामा पर्ने क्रम बढेपछि यस्तो व्यवस्था गरिएको हो ।

बिहिबार, ९ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !