देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन हुने भएको छ । नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएपछि पहिलो पटक आगामी मे २९ देखि जुन १ सम्म सो संस्थाको शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्ट पोखरामा आयोजना हुन लागेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले जानकारी दिए ।

नेपाल सरकार, पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजनामा हुने कार्यक्रमको स्थानीय संयोजन पोखरा परिषद्ले गर्ने पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । शिखर सम्मेलनका लागि नेपाल पर्यटन बोर्डका अध्यक्षसमेत रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको र समितिमा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्था सदस्य रहेका छन् ।

कोभिड–१९ पछि उठ्दै गरेको नेपालको समग्र पर्यटन क्षेत्र र विशेष गरी पोखरा र गण्डकी प्रदेशको पर्यटनका लागि मार्ट र शिखर सम्मेलन कोसेढुङ्गा हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए । उनका अनुसार नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर कार्यक्रमले प्रदान गर्नेछ ।

उनले भने, “नेपालले तेस्रो पटक एडभेन्चर मार्ट र पहिलो पटक पाटा शिखर सम्मेलन आयोजना गर्न लागेको छ । कार्यक्रमले नेपालको पर्यटनमा थप माइलेज बढ्ने अपेक्षा गरेका छौँ । यसबाट पर्यटक आगमनमा वृद्धि हुने र सन् २०२३ को अन्त्यसम्ममा नेपालको पर्यटन कोभिड–१९ पूर्वको अवस्थामा पुग्ने विश्वास गरिएको छ ।”

शिखर सम्मेलनमा १५ देशका गन्तव्य प्रमुख सम्मिलित पाटा कार्यकारी बोर्ड सदस्यको सहभागिता रहनेछ । नेपालले पहिलो पटक आयोजना गर्न लागिको प्रतिष्ठित पाटा शिखर सम्मेलनले नेपाल र पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउने विश्वास गरिएको छ ।

एडभेन्चर मार्टमा विश्वभरका तीन सय अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा दिगो पर्यटन, सङ्कट व्यवस्थापन, हवाई सुरक्षा, साहसिक र पर्वतीय पर्यटनलगायतका विषयमा गहन छलफल हुने पाटाका इन्टरनेसनलका सचिव सुमन पाण्डेले बताए ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कार्यक्रमले पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने जनाउँदै महानगरले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बिहिबार, ९ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे