लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ । कोभिड–१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने वाह्य तथा आन्तरिक पर्यटकमा कमी भए पनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको हो ।

सन् २०१९ सम्म करिब १७ लाख वाह्य र आन्तरिक पर्यटक आउने गरेकोमा कारोना महामारीको कारण घटेर २०२० मा २ लाख ९२ हजार पर्यटक मात्रै आएको कोषले जनाएको छ । लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले सन् २०२३ को पछिल्लो तीन महिना सम्ममा २५ हजार बढी विदशी पर्यटक आगमन भएको बताउनुभयो ।

उहाँले २०२१ मा ११९७ जना विदेशी,४३ हजार ७३२ भारतीय र आन्तरिक ४ लाख ६३ हजार ९६३ पर्यटक आएको बताउनुभयो । उहाँले २०२२ मा विदेशी पर्यटक २३ हजार ९४२,भारतीय २ लाख ३० हजार ८६३ र आन्तरिक ६ लाख ४९ हजार ७८ पर्यटक लुम्बिनी घुम्न आएको बताउनुभयो ।

२०२२ पछि लुम्बिनी घुम्नको लागि आउने आन्तरिक वाह्य तथा भारतीय पर्यटकमा वृद्धि हुँदै गएकाले आगामी दिन बढ्दै जाने आशा जगाएको उहाँको भनाइ छ । उहाँले तिलौराकोट संरक्षित स्मारक क्षेत्र सन् २०२५ सम्म विश्व सम्पदा सूचीमा सूचीकरण गर्नेगरी काम अगाडि बढाएको बताउनुभयो ।

उहाँले १९९६ मा विश्व सम्पदामा राख्ने सूचीमा राखेर पनि अहिले सरकारले बजेट छुट्याएर नै प्राथमिकतामा राखेको बताउनुभयो। तिलौराकोटको २०१४ देखि जापनिज फन्ड ईन ट्रस्टको सहयोगमा र युनेस्कोको संयोजनामा बेलायतको दुर्हम विश्व विद्यालय र पुरातत्व विभागको पुरातत्वविद्हरूको टोलीले उत्खनन र अनुसन्धान गरेको बताउनुभयो ।

उहाँले तिलौराकोट क्षेत्रका जग्गा अधिकरण गरेर अहिले पनि वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण,, भूभौतिक सर्वे, ड्रोन फोटोग्राफी फिल्ड बाकिङ सोसोईकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्यययन अनुसन्धान गरिएको बताउनुभयो ।

सोमवार, ६ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे