Mardi Himal Trek

विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने मर्दी हिमाल पदमार्ग पछिल्लो समय आन्तरिक पर्यटकको लागि लोकप्रिय बन्दै गएको छ । कास्कीको पितम देउराली देखि मर्दी हिमाल बेस क्याम्मसम्म रहेको यो पदमार्गमा आन्तरिक पर्यटक ओहोरदोहोर गर्छन् ।

यस पदमार्गमा पर्यटक बढेसँगै फोहोर पनि बढ्दै गएको छ । फोहरका कारण प्रदूषण बढ्दै गएको छ । कास्की, मनाङ, म्याग्दी, मुस्ताङ लगायत जिल्लामा फैलिएको यो पदमार्ग अन्तर्गत रुटमा प्लास्टिकजन्य फोहोर बढ्दै गएको हो । प्लास्टिकजन्य वस्तुको प्रयोग बढ्दै गएपछि पर्यटन व्यवसायीको टाउको दुखाइको विषय बनेको छ । बाह्य पर्यटकको तुलनामा नेपाली पर्यटकले जथाभाबी फोहोर फाल्ने गरेको पर्यटन व्यवसायी बताउँनुहुन्छ ।

आन्तरिक पर्यटकको वृद्धि भएसँगै पर्यटन व्यवसायी उत्साहित मात्रै छैनन् उनीहरूको जथाभावी फोहोर गर्नेबानीले दुखित पनि छन् । नेपाली पर्यटक धेरै पढेलेखेका र धनाढ्य नै भए पनि बानी भने नसुध्रिएको मर्दी पदमार्गअन्तर्गत पितम देउरालीमा होटेल सञ्चालन गरिरहेका व्यवसायी हरिमान गुरुङ बताउँनुहुन्छ । ‘नेपालमा आन्तरिक पर्यटनको सम्भावना राम्रो छ । हामीले अरू देशका पर्यटकमा मात्रै भर पर्नु हुँदैन । तर नेपाली पर्यटकहरूमा वातावरण सफा राख्नु पर्छ भन्ने चेतना छैन, व्यवसायी गुरुङ भन्छन्, ‘करोडौँका गाडी चढेर आउँनेहरु पनि चाउचाउका खोल र पानीका रित्ता बोतल झ्यालबाट फाल्छन् ।’

बाह्य पर्यटक फोहोर व्यवस्थापनमा सभ्य भएको गुरुङको अनुभव छ । उनीहरू पदमार्गमा जथाभाबी प्लास्टिक, बोतल नफाल्ने गुरुङ सुनाउँछन् । ‘अन्य देशको पर्यटकहरूले तोकिएको ठाउँमा मात्रै प्लास्टिकजन्य फोहोर फाल्छन् । फोहोर फाल्ने ठाउँ नभए झोलामै बोकेर हिँड्छन् । उनीहरूमा वातावरण जोगाउन पर्छ भन्ने चिन्ता छ । तर, नेपालीहरूमा अझै चेतनाको अभाव छ’, गुरुङले भन्नुभयो ।

मर्दी हिमाल पदमार्गमा अहिले स्थानीय होटेल व्यवसायी जम्मा भएर फोहोर सङ्कलन गर्ने काममा जुटेका छन् । होटेल व्यावसायिकै पहलमा ठाउँ ठाउँमा डस्टविन राख्ने र जनचेतनामूलक सूचनावोर्ड राख्नका लागि पहल भइरहेको अर्का होटेल व्यवसायीले जानकारी दिनुभयो । स्थानीय सरकार वा अन्य कुनै निकायले फोहोर व्यवस्थापनको लागि कुनै कदम नचालेको होटेल व्यवसायिहरुको गुनासो छ । पदमार्गमा फोहोर राख्नको लागि कुनै व्यवस्थापन नभएको एक जना टुर गाइड रेसम मगरले बताए ।

सोमवार, ६ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे