म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएपछि सुन्दर देखिएको छ । यतिखेर खोप्रालेक वरपर फुरुफुरु हिउँ परिरहेको छ । यसपटक ढिलो गरी हिमपात भएको हो ।

अघिल्ला वर्षहरूमा पुस / माघ महिनामा हिमपात हुने गरेकोमा यस वर्ष चैत लागेपछि मात्र हिमपात भएको छ । हिमपातका कारण हिमाल र वरपरका डाँडाहरू सुन्दर देखिएका छन् । समुद्री सतहदेखि तीन हजार ६ सय साठी मिटरको उचाइमा रहेको आकर्षक पर्यटकीय गन्तव्य खोप्रालेकबाट धौलागिरि, गुर्जा, चुरेन, नीलगिरि, अन्नपूर्ण लगायतका हिमालहरू आँखै अगाडि देख्न सकिन्छ ।

एकहप्ता अघि हिमालको टुप्पोमा मात्र हिउँ देखिने थियो खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजाले भन्नुभयो,‘अहिले दैनिकजसो यहाँ हिमपात हुनेगरेको छ । हिमपातका कारण हिमालहरू सुन्दर देखिन थालेका छन् ।’ हिमपातका कारण हिमालहरू सुन्दर देखिन थालेपछि पर्यटकहरू खोप्रामा आउन थालेको उहाँले बताउनुभयो । सामुदायिक लजका कर्मचारी तिलिजाले भन्नुभयो ‘पर्यटकले फोन मार्फत होटलमा कोठा बुकिङ गर्न थालेका छन् ।’

पर्यटकको सुविधा लागि स्थानीयहरूले पाउद्वार पर्यटन सहकारी संस्था मार्फत सामुदायिक होटल सञ्चालन गरेका छन् । ६५ जना पर्यटक वास बस्न सक्ने लजको क्षमता छ । कास्कीको धम्पुस – घान्द्रुक – दोबाटो – बहेली – डाँडाखर्क हुँदै पाँच दिनमा खोप्रा पुग्न सकिन्छ । यसका साथै म्याग्दीको सदरमुकाम बेनी– बाँसखर्क – नाङ्गी–महरेडाँडा, फूलबारी, स्वात–डाँडाखर्क हुँदै चार दिनमा खोप्रालेक पुग्न सकिन्छ । अर्कोतर्फ तातोपानी– पाउद्वार हुँदै खोप्रा दुई दिनमा पुग्न सकिन्छ । भने अर्को रुट कास्कीको नयाँ पुल – उल्लेरी – घोडेपानी हुँदै डाँडाखर्कबाट खोप्रा जान सकिन्छ । खोप्रालेक पुगेका पर्यटकहरू शिखको पाउद्वार हुँदै भुरुङ तातोपानी पुगेर तातोपानी कुण्डमा रमाउँछन् ।

अर्को बाटो खोप्राबाट नारच्याङको लेकगाउँ – बेँसी गाउँ हुँदै तातोपानी झर्न सकिन्छ भने केही पर्यटकहरू घोडेपानी वा महरेडाँडाको अवलोकन गर्दै नागी–लेस्पार–पूर्णगाउँ हुँदै कास्कीको नयाँ पुल झर्ने गर्दछन् ।

सोमवार, ६ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा