file photo

यस वर्षको वसन्त ऋतुमा नेपालको हिमाल आरोहण गर्न हालसम्म २५ देशमा ५० जना आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हिजो (मार्च १९) सम्ममा पाँच वटा हिमाल आरोहणका लागि ५० जना आरोहीले अनुमति लिएका हुन् । जसमध्ये ३३ जना पुरुष र १७ जना महिला रहेका छन् ।

आरोहण अनुमति शुल्क बापत एक करोड २८ लाख ९८ हजार नौ सय पचास रुपैयाँ राजश्व सङ्कलन भएको विभागले जनाएको छ ।

अन्नपूर्ण हिमाल (८,०९१ मि.) को आरोहणका लागि सबैभन्दा धेरै ३४ जनाले अनुमति लिएका छन् । पाङ्ग्री गोल्डुङ्बा (६,६२० मि.) को आरोहणका लागि ६ जना, थोरोङ पिक (६,१४४ मि.) को लागि ५ जना, मनासलु (८,१६३ मि.) को लागि ३ जना र सुर्मा सरोवर (६,५२३ मि.) को आरोहणका लागि २ जनाले अनुमति लिएका छन् ।

हालसम्म आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै दक्षिण कोरियाका (६ जना) रहेका छन् ।

त्यसैगरी अमेरिकाका ५ जना, भारतका, जापान, नर्वेको ४/४ जना, रहेका छन् । बेलायका ३ जना, चीन, फ्रान्स, म्यासिडोनिया, पाकिस्तान रोमानियाका २/२ जना रहेका छन् ।  अन्य देशहरूबाट एक/एक जना रहेका छन् ।

सोमवार, ६ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !