कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको जलाशयमा हुने जलयात्रा सङ्कटमा परेको छ। कालीगण्डकी कोरिडोर र छेउछाउमा मोटरबाटोको माटो जलाशयमा खस्दा जलयात्रा सङ्कटमा परेको हो।

मिर्मीबाट धार्मिकस्थल सेतीबेनी जान र स्थानीय पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले बनाइएको छ किलोमिटर जलाशय पुरिएर दुई किलोमिटर जलयात्रा छोटिएको छ। २० वर्ष पहिला बनेको आँधीखोला ड्यामबाट सेतीबेनीसम्म नै जलयात्रा हुने गरेकोमा अहिले दुई किमि वरै झरेर शिलाको दर्शन गर्न जानुपर्ने बाध्यता रहेको छ।

मिर्मी आँधीमुहानदेखि पर्वतको सेतीवेणी शालिग्राम शिलासम्मको जलयात्रा छोटिँदा पर्यटक कम आउने गरेको शिला शालिग्राम कालीगण्डकी जलयातायात प्रालिका कोषाध्यक्ष प्रेम माझीले बताउनुभयो। जलाशय पुरिएसँगै जलयत्रा छोटिँदा गल्याङबाटै सडकको प्रयोग गरेर स्वदेशी तथा विदेशी पर्यटक सेतीवेणी पुग्ने गरेको माझीले बताउनुभयो।

बाहिरी पर्यटक आउँदा मात्र जलयात्रा हुने गरेको जानकारी दिँदै माझीले भन्नुभयो, “पुरिएको कालीगण्डकीलाई व्यवस्थापन गर्न नसके कुनै समय जलयात्रा बन्द हुनेछ। २०५९ सालमा हातेडुङ्गाबाट सुरु भएको जलयात्रा छ वर्षमा १० स्टिमरमा पुगेको थियो।”

शुक्रबार, ३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान