वरिपरि हिमाल आफूचाहिँ बीचमा ! हेर्दा लाग्छ, धर्तिको स्वर्ग भनेकै यही हो । बाहिरका आगन्तुक मात्रै होइन, उत्तरी गोर्खामै जन्मे हुर्केको मानिसलाई पनि जति पटक चुम भ्याली पुग्यो, त्यति नै आनन्द महसुस हुन्छ । चुम भ्याली प्राकृतिकरुपले मात्र नभएर सांस्कृतिक रुपले पनि धनी क्षेत्र हो । चुम भ्यालीको सांस्कृतिक विशेषता भनेको चुम उपत्यकाभरि कुनै पनिखालको हिंसा हुँदैन, अर्थात काटमार हुँदैन ।

उत्तरी गोर्खामा पर्ने चुम भ्यालीको पदयात्राका लागि सामान्यतः दुई हप्तादेखि तीन हप्ताको समय उपयुक्त हुने गर्छ । आन्तरिक भन्दा बाह्य पर्यटकको रोजाइमा परेको चुम उपत्यकामा विगतका वर्षभन्दा यसवर्ष पर्यटकको आगमनमा बृद्धि भएको छ । तर, यो आगमन पर्याप्त चाहिँ छैन ।

चुम पुगेका पर्यटहरुका अनुसार चुमको प्राकृतिक सुन्दरताको जति व्याख्या गरे पनि पुग्दैन । तर, राज्यले यहाँको पर्यटकीय विकासमा जति ध्यान दिनुपर्ने हो, त्यति ध्यान दिन नसकेको दुःखेको पोख्छन् यहाँका स्थानीयवासी ।

यहाँ पर्यटकहरुले प्रवेशका लागि निश्चित दस्तुरसमेत तिर्नुपर्ने हुन्छ । पर्यटकीय मौसमा प्रत्येक पर्यटकले चुम भ्याली प्रवेश गर्दा ८ दिनको ३५ डलर तिनुपर्ने हुन्छ । अन्य समयमा ८ दिनको २५ डलर तिर्नुपर्ने हुन्छ । तर, चुम भ्यालीको नाममा पर्यटकबाट जुन पैसा राज्यले उठाएको छ, सोअनुसार विकास भने नभएको स्थानीयको गुनासो छ ।

चुम भ्याली भएर मनास्लु संरक्षण क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुले थप तीन हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । बाह्य पर्यटकहरु यो क्षेत्रमा जानका लागि एकजना सहयोगी अनिवार्य लिएर जानैपर्ने प्रावधान छ । विदेशीलाई प्रवेशमा निषेध मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि मात्रै भ्रमणका लागि खुला गरेको हो ।

शुक्रबार, १९ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !