चुम उपत्यका मनास्लु संरक्षण क्षेत्रमा पर्छ। वातावरण संरक्षण तथा जैविक विविधता सम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कारहरू पनि यसले जितेर नेपाललाई नै प्रतिष्ठित बनाइदिएको छ। वातावरण तथा जैविक विविधताको संरक्षणमा लाग्नु बौद्ध धर्म-दर्शनलाई नै व्यवहारमा उतार्नु हो। चुमले भविष्यमा पनि यो अभियानलाई निरन्तता दिनु तथा प्रचारप्रसार गर्नुको सोझो अर्थ हो, यसलाई अन्य क्षेत्रले पनि अनुसरण गरून् भन्ने आह्वान।

चुम शताब्दी श्याग्या (अहिंसा) महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्व त राख्छ। साथै‚ पर्यटकलाई पनि आकर्षित गर्छ। पर्यटन उद्योगबाट स्थानीय सामाजिक तथा सांस्कृतिक क्षेत्रमा बाह्य प्रभाव पर्ने खतरा पनि उत्तिकै छ। नेपालका कतिपय मौलिक परम्परा तथा कला एवं संस्कृतिहरू प्रभावित हुन थालेकोबारे चुमवासी सचेत देखिन्छन्। मांसाहारको माग गर्ने तथा स्थानीय परिवेशको मर्यादा वास्ता नगर्ने पर्यटक हामीलाई चाहिंदैन भन्नु यसको उदाहरण हो।

२०३५ सालसम्म चुमबाट काठमाडौं आउँदा १५ दिन लाग्थ्यो। गोरखाको आरुघाटबाट त्रिशूली हुँदै हिंडेर आउनुपर्थ्यो। दुर्गम क्षेत्रमा रहेको हिमाली गाउँमा अझै पनि यातायातको सुविधा पुग्न सकेको छैन। अहिले काठमाडौंदेखि गोरखाको माथिखोलासम्म गाडी पुग्छ। त्यहाँबाट चुम उपत्यका पुग्न चार दिन हिंड्नुपर्छ। हेलिकोप्टर चार्टर्ड गरेर उड्ने हो भने काठमाडौंबाट ३५ मिनेटमा पुगिन्छ, तर त्यसका लागि तीन लाख रुपैयाँ लाग्‍छ। चुमवासीको एउटा आशा पनि छ- गाउँको प्रचार हुन सक्यो भने चाँडै बाटो बन्छ कि?

तिब्बती बौद्ध धर्मग्रन्थहरूमा ‘बेयुल’ को उल्लेख भएको पाइन्छ। बेयुल भनेको भूगोलका त्यस्ता भूक्षेत्रहरू हुन् जसलाई तिब्बतमा बौद्ध धर्म फैलाउने आचार्य पद्मसम्‍भवले विशेष पवित्र तथा गुप्त भूमिका रूपमा लिएका हुन्। बेयुलहरू नेपाल, भुटान र तिब्बतका विभिन्न ठाउँमा छरिएका छन्। एउटा बेयुल ‘किमोलुङ’ पनि हो। त्यसको एक अंशका रूपमा चुम उपत्यकालाई लिइन्छ।

बुधबार, १० फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !