दोलखा स्थितको रोल्वालिङ हिमशृङखला क्षेत्रमा ४१६ विदेशी नागरिकले भ्रमण गरेका छन् । पर्यटन सिजनमा ३९ देशका ४१६ विदेशी नागरिकले गौरीशङकर संरक्षण क्षेत्रको पर्यटकीय गन्तव्यहरुको भ्रमण गरेका गौरीशङकर संरक्षण क्षेत्रका प्रमुख मधु क्षत्रीले जानकारी दिनुभयो ।

संरक्षण क्षेत्रको तथ्याङक अनुसार सबैभन्दा धेरै ७१ जना फ्रान्सका नागरिकले भ्रमण गरेका छन् । अमेरिकाबाट ४८, जर्मनबाट ४२, बेलायतबाट ३१, स्पेनबाट २८, अष्ट्रेलिया २२ स्वीट्जरल्यान्डबाट १७, क्यानडाबाट १४, जापनबाट नौ जनालगायत रहेका छन् ।

यहाँ पाँच हजारभन्दा माथिका थुप्रै हिमालहरु रहे पनि सात हजार १३४ मिटर उचाइको नेपालको समय मापनको विन्दु मानिएको र धार्मिक परम्परानुसार गौरीशङकर हिमालको आरोहणको अनुमति रहेको छैन । संघीय राजधानी काठमाडौंबाट दोलखा नजिकै भए पनि पर्यटकीय गतिविधि खासै गर्न सकिएको छैन ।

धार्मिक तथा प्राकृतिक रुपमा सम्पन्न दोलखा आफैमा पर्यटकीय गन्तव्य हो । दोलखामा पर्यटक ल्याउने गुरु योजनाहरु भने अझै अलमल देखिएको सरोकारवालाहरु बताउँछन् । गौरीशङकर हिमाललाई समेटेका यस संरक्षण क्षेत्रभित्र माथिल्लो तामाकोशी, भोटेकोशी, खिम्ती, सुनकोशी आदि नदीहरू पर्दछन् । विश्व प्रख्यात च्छोरोल्पा हिमताल, दूध पोखरी, पाँच पोखरी, जटा पोखरी, भैरव कुण्ड र बहुला पोखरीजस्ता प्रख्यात क्षेत्र पनि यसैभित्र पर्दछन् ।

नेपाल सरकारले २०६६ पुष २७ गते राजपत्रमा सूचना प्रकाशित गरी विधिवत घोषणा गरेको गौरीशङकर संरक्षण क्षेत्रको पूर्वमा सगरमाथा राष्ट्रिय निकुञ्ज, पश्चिममा लाङटाङ राष्ट्रिय निकुञ्ज र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ ।

यस क्षेत्रको व्यवस्थापन सरकारले २० वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई सुम्पिएको छ ।

आइतवार, १० पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !