कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५ मा रहेको तिलागुफा पर्यटकको रोजाइमा पर्न थालेको छ । गुफाकै नाममा नगरपालिका नामकरण हुनु र नगरपालिकामार्फत पूर्वाधार निर्माणसमेत हुनुले तिलागुफा पर्यटक राजाइमा पर्न थालेको हो ।

कर्णाली राजमार्गदेखि एक सय मिटर तिला नदीको छालमै ४७ मिटर लम्बाइमा रहेको तिलागुफामा दिनहुँ आन्तरिक र कहिलेकाहीँ बाह्य पर्यटक घुमफिर गर्न थालेको वडाध्यक्ष उपेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो । “वनभोजस्थल, प्रतीक्षालय र तालवरिपरि पैदलमार्ग निर्माण गरिएको छ । गुफाको पर्यटन प्रवद्र्धनका लागि तिला नदीमा डुङ्गा निर्माण गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र त्यसका विषयमा पोस्टर बनाएर प्रचारप्रसारको काम थालनी गर्ने योजना रहेको छ ।”

नेपालको प्रमुख पर्यटकीय गतव्य रारा जाने बाटो पनि पर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले गुफाको अवलोकन गर्ने गरेको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । “प्राकृतिक धार्मिक महत्व बोकेको गुफाको लम्बाइ ४० मिटर तथा चौडाइ करिब तीन मिटर रहेको छ”, उहाँले भन्नुभयो, “गुफाको बनावट प्राकृतिक रहेको हुनाले यसलाई जस्ताको तस्तै राख्ने र गुफासम्म पुग्नका लागि सडक व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।”

अहिले गुफासम्म पुग्नका लागि नगरपालिकाले सडकदेखि गुफासम्म रेलिङसहितको व्यवस्थित बाटो निर्माण गरेको र मन्दिरसहित अन्य पूर्वाधार निर्माण भइसकेको स्थानीय धर्म न्यौपानेले बताउनुभयो ।

यहाँ अवलोकन गर्न आउने पर्यटकले तिलाका असला माछा स्याउ, सिमीलगायत अर्गानिक उत्पादन स्वाद लिन पाउनेगरी थप होमस्टेलगायत होटल व्यवस्थापन गर्न बाँकी रहेको स्थानीय चङ्खबहादुर रोकायले जानकारी दिनुभयो ।

प्रकाशित स् २९ मंसिर २०७९, बिहिबार

बिहिबार, २९ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान