Trending
पायोनियर एडभेन्चर ट्रेक (Pioneer Adventure Treks ) का सञ्चालक तथा कीर्तिमानी आरोही मिङ्मा दोर्ची शेर्पा नेपाल माउण्टेन एकेडेमीको सदस्यमा नियुक्ति हुनु भएको छ ।
सरकारले उन्लाई हिमाल आरोहणको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दे सञ्चालक समितिको सदस्यमा नियुक्ति गरेको हो । माउण्टेन एकेडेमीमा हिमाल आरोहणको क्षेत्रमा प्रख्यात शेर्पाहरुलाई सरकारले नियुक्ति गरेपछि यस क्षेत्रमा परिर्वतन हुने विश्वास गरीएको छ ।
हिमाल आरोहणको क्षेत्रमा पायोनियर एडभेन्चर ट्रेकका सञ्चालक, हिमाल आरोही, संखुवासभाका मिङमा माउण्टेन एकेडेमीमा ले महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको छ । संखुवासभा मकालुका शेर्पाले हिमाल आरोहणबाटै पटक–पटक विश्व कीर्तिमान कायम गर्नुभएको छ । पर्यटनको प्रर्वद्धनको क्षेत्रमा माउण्टेन एकेडेमीले बिभिन्न काम गर्दे आएको छ । ट्रेकीङ गाईड तालिम, प्रशिक्षण, निःशुल्क महिला ट्रेकीङ गाईड तालिम र अन्य पर्यटन प्रर्बद्धनको काम गर्दे आएको छ ।