राजेन्द्र आचार्य र होटल व्यवसायी महासंघले प्रदेश १ का विभिन्न जिल्लामा पर्यटन प्रर्वद्धनका लागि छलफल, भेटघाट र सुझाव संकलन अभियान सुरु गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेको नेतृत्वमा आन्तरिक पर्यटन प्रर्वद्धन लक्ष्यसहित निस्किएको टोलीले प्रदेश १ को मुख्य पर्यटकीय गतिविधि हुने क्षेत्रमा छलफल, भेटघाट र सुझाव संकलन अभियान सुरु गरेको हो । साथै टोलीले संगठन विस्तारलाई समेत विशेष प्रथामिकता राख्दै अभियानमा होमिएको हो ।

सो अवसरमा बरिष्ठ उपाध्यक्ष चुकेले होटल व्यवसायीहरुको हकहित र पर्यटन प्रवर्द्धनका लागि महासंघले गरेका कामहरूको बारेमा जानकारी दिनुए ।

उनले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयाँ रणनीति, तथा कार्यनीति आवश्यक भएको र महासंघले सोही अनुरुप काम गरिरहको जानकारी दिए ।

त्यसबखत व्यवसायीहरु सबैले खोप पाईसकेकोले नेपाल अब कोरोना भाइरसबाट पूर्ण रुपमा सुरिक्षत रहेको र अन्तरराष्ट्रिय पर्यटन चलायमान भएको भन्दै नेपालको लागि छिमेकी देशहरु नै ठूलो स्रोत बजार भएकोले त्यसतर्फ ध्यान दिई प्रवर्द्धनात्मक कार्य गर्न सुझाव दिएका थिए ।

उनीहरुले एकिकृत एजेण्डासहित सरकारले दिने १० दिने पर्यटन काज विदालाई व्यवस्थित बनाई आन्तरीक पर्यटन प्रर्वद्धन रण्नीतिलाई विशेष धयान दिन आग्रह गरेका थिए ।

चुकेसहितको टोलीले प्रदेश १ को जनकपुर, ईटहरी, दमक, विर्तामोड, फिक्कल र ईलाम स्थित होटल संघका प्रतिनिधिहरुसगँ छलपल गरि छिटैँ नयाँ कार्यक्रमसहित महासंघले देशदौडाहा कार्यक्रम ल्याउन माग पनि गरेका थिए ।

सोमवार, ८ कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान