कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयपछि यहाँ विदेशी पर्यटकले प्रवेश पाएका छन् । पर्यटकलाई प्रवेश दिइने भए पनि मापदण्ड भने पूरा गर्नुपर्नेछ । कोभिड–१९को सङ्क्रमण पूर्णरूपमा निर्मूल नहुँदै पर्यटकलाई प्रवेश दिइने भए पनि उनीहरुले मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने प्रमख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

उहाँका अनुसार मनाङ प्रवेशका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड तयार पारिएको र पर्यटकले पूर्ण पालना गर्नुपर्छ । सुरक्षा व्यवस्था पनि कडा गरी प्रवेश दिइने उहाँले बताउनुभयो । “कोभिड पूर्णरूपमा नियन्त्रणमा आएको छैन, सङ्क्रमण कम भएको हो, पूर्णरूपमा निर्मूल भएको होइन, सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्छ र पर्यटन व्यवसायलाई पनि चलायमान बनाउनुपर्छ”, प्रजिअ लामिछानेले भने ।

सङ्क्रमणका बाबजुद पनि थलिएको पर्यटन व्यवसाय चलायमान बनाउने प्रयासमा रहेको उनी  बताउछन । “मनाङ प्रवेश नाकाबाट नै सुरक्षाको मापदण्ड पालना, कोभिडविरुद्धको खोप पूर्ण मात्रा लगाएको छ वा छैन जाँच गरी प्रवेश गराउनेछौँ, यहाँ आउने विदेशी पर्यटकले होटल बुक गरेको छ वा छैन भनेर जाँचसहित प्रवेश दिनेछौँ”, उनले भने, “जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयको बैठकबाट निर्णय पारित गरी विदेशी पर्यटकलाई प्रवेश दिने तयारी गरिएको छ ।”

पर्यटकले कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेको प्रमाण, यहाँका होटलमा बुक गरेको प्रमाण र भ्रमणमा रहेका सबै पर्यटकले कोभिडको लक्षण देखिएमा तुरुन्तै परीक्षण गर्नुपर्नेछ । कोभिड परीक्षणको नतिजा सकारात्मक भएमा आइसोलेशनमा बस्नुपर्नेछ । नयाँ भेरियन्टसहितको कोभिडको सम्बन्धमा ट्राभल वा टे«किङ एजेन्सीमार्फत जिल्लामा आउने पर्यटकलाई यसबमोजिमको शर्तको पालना गर्ने÷गराउने दायित्व सम्बन्धित एजेन्सीको हुनेछ ।

सरकारद्वारा जारी गरिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा नगरिएको पाइएमा जिल्ला प्रवेश गर्न दिइनेछैन । सेप्टेम्बरदेखि नोभेम्बरसम्म पर्यटक आउने उपयुक्त समय हो । प्रशासनको स्वीकृति लिएर जिल्लामा पर्यटक प्रवेश गराउने भएपछि अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० र जिल्लाका होटल तथा पर्यटन व्यवसायीले विदेशी पर्यटकलाई जिल्लामा स्वागतसमेत गर्न थालिसकेका छन् ।

रासस

बुधबार, १३ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान