जनैपूर्णिमाको विशेष अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजन फर्कन थालेका छन् । पवित्र गोसाइँकुण्डमा आज बिहानैदेखि भक्तजन स्नान र पूजा आराधना गरी आ–आफ्नो गन्तव्यतर्फ फर्कन थालेका हुन् ।

गोसाइँकुण्ड स्नान गरी बिहानैदेखि भक्तजन फर्कन थालिसकेका र बिहान ९:०० बजेको समयसम्म करिब ८०० भन्दाबढी भक्तजन पूजाआजामा कुण्डमै व्यस्त रहेको सुरक्षामा खटिएका प्रहरी अधिकृतले अनुमान गरेका छन् ।

जनैपूर्णिमाका उपलक्षमा करिब दुई हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको अनुमान गरिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै लेक लागेका बिरामीको उद्धारका लागि नेपाली सेना तैनाथ रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताउनुभयो ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि मास्क लगाउन र सामाजिक दूरी कायम गराउन सुरक्षा अङ्गले चेतना अभिवृद्वि गराउने कार्यलाई प्राथमिकता दिइरहेका छन् । गोसाइँकुण्ड गएका यात्रुमाझ बिरामीको समस्या नभेटिएको र सुरक्षामा खटिएका गस्ती प्रहरीले यात्रुको अवस्थाबारे अनुगमन गरिरहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

आइतवार, ६ भदौ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान