पर्यटन क्षेत्रका करिब पाँच हजार मजदुर र श्रमिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराइने भएको छ ।

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९यूएनडीपी०सँगको सहकार्यमा छोटो समयका लागि रोजगारी उपलब्ध गराउन लागेको हो । कोभिड–१९ महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदुरले रोजगारी गुमाएकाले जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रोजगारी प्रदान गर्न लागिएको बोर्डले जनाएको छ । दुई वर्ष छ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा यूएनडीपीका तर्फबाट १० लाख ५० हजार सहलगानी हुनेछ ।

यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप दुई हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य पनि राखेको छ । परियोजना कार्यान्वयनका लागि हालै मात्र बोेर्ड र नेपाल एसोसिएन अफ टुर एन्ड ट्राभल एजेन्टस् ९नाट्टा० सम्झौता पनि भएको छ । सम्झौताअनुसार नाट्टाले महामारीले रोजगारी गुमाएका पाँच सयभन्दा बढी पर्यटन मजदुरलाई प्रतिव्यक्ति १२ दिनका दरले अल्पकालीन रोजागारी प्रदान गर्नेछ ।

परियोजनामार्फत छोटो अवधिको भए पनि रोजगारीको अवसर सिर्जना हुने बोर्डका प्रमुख कार्यकारी डा। धनञ्जय रेग्मीले बताउनुभयो । त्यससँगै पर्यटकीय स्थान र पर्यटकीय गन्तव्यहरूको मर्मतसम्भारमा पनि यस परियोजनाले सहयोग पु¥याउने उहाँको भनाइ छ । परियोजनाले क्रमशः अन्य क्षेत्रसँग पनि सम्झौता गर्दै कार्यक्रम अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । उहाँले मजदुरले काम गरेपछि सीधै आफ्नो खातामा रकम पाउने गरी पारदर्शी ढङ्गले कार्यक्रमको कार्यान्वयन हुनेसमेत बताउनुभयो ।

परियोजनाले विशेष गरी पदमार्ग, जलयात्रा ९¥याफ्टिङ० गरिने नदी, टे«किङ टे«ल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदामा क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने योजना छ । पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अति प्रभावित एक हजार छ सय जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पदमार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, सङ्केत चिह्नको स्थापना तथा मर्मतसम्भारका कार्यमा संलग्न गराउने बोर्डले जनाएको छ । त्यसबापत ४० दिन बराबरको रोजगारी प्रदान गरिने पनि बोर्डले जानकारी दिएको छ ।

परियोजनाअन्तर्गत बोर्ड र नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज् ९नारा०सँग पनि यसै हप्ता सम्झौता भएको छ । सम्झौताअनुसार ¥याफ्टिङ क्षेत्रका दुई सय मजदुरले काम पाउने छन् । नाराले आफ्नो मातहतका २०० जना मजदुरलाई त्रिशूली, भोटेकोसी, कर्णाली, सेती र कालीगण्डकी नदीमा जलयात्रा गरिने क्षेत्रमा पूर्वाधार मर्मतसम्भार तथा सरसफाइलगायतका कामका लागि रोजगारी उपलब्ध गराउनेछ । वर्षायामका कारण आगामी असोज १ देखि मजदुरलाई काममा लगाइने योजना छ ।

आइतवार, ६ भदौ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान