नेपालमा मनसुनी प्रणाली सक्रिय भएसँगै अधिकांश भागमा वर्षा हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका धेरै भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको छ।

त्यस्तै, देशको पश्चिमी भू-भागमा पश्चिमी वायु र स्थानीय वायुले समेत आंशिक प्रभाव पारिरहेको छ। साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको असर पनि नेपालको मौसममा देखिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहीबार देशभर साधारणतया बदलीदेखि पूर्ण बदलीको अवस्था रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। यसका साथै देशका उच्च–पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

बिहीबार रातिको मौसम पनि आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।

विशेषगरी भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। नदी तटीय र पहाडी क्षेत्रका बासिन्दालाई बाढी, पहिरो र जमिन चिप्लिने घटनाप्रति सतर्क रहन आग्रह गरिएको छ।

बिहिबार, ५ असार, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान