Trending
सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशीले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सन् २०२५ मा २०२४ को तुलनामा १ प्रतिशत धेरै पर्यक आएका छन्।
पर्यटक आगमनमा उत्साहजनक वृद्धि नहुँदा अझै पनि कोरोनापूर्वको वर्षको आधारमा पुग्न सकेको छैन। सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक आएका थिए।
सन् २०२५ मा सबैभन्दा धेरै भारतबाट आएका छन्। २ लाख ९२ हजार ४३८ जनाले नेपाल यात्रा ग रेका छन्। यो २०२४ को तुलनामा ८ प्रतिशतले न्यून हो।
त्यस्तै चीनबाट आउने पर्यटक पनि घटेका छन् भने गत वर्ष बांगलादेशबाट आउनेको वृद्धिदर उच्च रहेको छ। बांगलादेशबाट ५७ हजार ५४५ ले यात्रा गरेका छन्। बांगलादेशको राजनीतिक अस्थिरताका कारणले नेपाल यात्रा गरेका थिए।
दक्षिण एसियाबाट सबैभन्दा न्यून पाकिस्तानबाट आएका छन्।