बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा बनाउने सीप विकास तालिम सुरु गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको कालिका वडास्तरीय महिला समूहको आयोजना तथा टेवा संस्था नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

स्थानीय देविस्थान एकता समाज दिक्तेलको सभाहलमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाले मुढा उत्पादनका आधारभूतदेखि व्यवहारिक सीप सिकिरहेका छन् । तालिमले बेरोजगार रहेका महिलालाई आत्मनिर्भर बनाउनका साथै घरायसी आम्दानी बढाउन सहयोग गर्ने अपेक्षा गरिएको महिला समूहकी अध्यक्ष लोकमाया थापा ‘गीता’ले जानकारी दिइन् ।

तालिममा सहभागी महिलालाई घर तथा कार्यालयमा प्रयोग हुने मुढा विभिन्न प्रकार तथा गुणस्तरीय तरिकाले उत्पादन गर्ने विधि सिकाइने जनाइएको छ । फुसर्दिला महिलाका लागि स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यसहित सुरु गरिएको यो तालिमले महिलाको सीप अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । तालिममा कालिका वडास्तरीय महिला समूहमा आबद्ध ११ जना महिला तथा स्थानीय एक महिला र एक पुरुषगरी १३ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । दश दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण सिटिइभिटिइबाट मान्यताप्राप्त प्रशिक्षक भलकाजी विश्वकर्माले गरिरहेका छन् ।

तालिममा सहभागी महिलाले बाँसको कप्टेरा, नाइनल(प्लाष्टिक)को डोरी र साइकलको टायर प्रयोग गरेर विभिन्न प्रकारका मुढा निर्माण गरिरहेका छन् । बेरोजगार अवस्थामा दिन बिताउँदै आएका स्थानीय महिलाहरू आफ्नै गाउँमा सञ्चालित व्यावसायिक तालिममा सहभागी हुन पाएपछि उत्साहित भएका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा उक्त सामग्री प्रयोग गरेर निर्माण गरिएको एउटा मुढाको मूल्य रु ५०० देखि रु ७५० सम्म पर्ने गरेको छ । वर्ष दिनअघिमात्र स्थापना गरिएको कालिका वडास्तरीय महिला समूहले यसअघि नेतृत्व विकास तालिम तथा मानव सेवाका गतिविधि सञ्चालन गर्दै आएको थियो ।

शनिबार, २० मंसिर, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !