Trending
संखुवासभाको भोटखोला गाउँपालिकामा मातृभाषामा आधारित बहुभाषा शिक्षा लागु गरिएको छ । बहुभाषा शिक्षा अन्र्तगत भोटखोला गाउँपालिकामा रहेका १२ वटा सामुदायिक बिद्यालयहरुमा अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा आफ्नो पहिचानसहितको पोषाक बितरण गर्ने उद्धेश्य राखिएको छ । यसै अभियान अन्र्तगत आज नेपाल ल्होमि समाजले पोप्टि भञ्ज्याङ आधारभूत बिद्यालयमा पहिचानसहितको पोषाक बितरण गरी सेकेको छ ।
बिद्यालयमा छात्र र छात्राहरुलाई छुट्टा छुट्टै पोशाक बितरण गरीएको युवा समाजसेवी सुन्दर थिकेपाले जानकारी दिए । हिमाली क्षेत्र र अत्याधिक चिसो हुने भएकाले बाक्लो बख्खु र न्यानो पोषाक बितरण गरीएको हो ।