मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकको कार्तिक १५ गते शनिबार बिहान ६ बजे सशस्त्र प्रहरी बलले उद्दार गरेको छ ।

शसस्त्र प्रहरी बलका सहप्रबक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यसअघि २ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेको खबर प्राप्त भएकोमा २ चिनियाँ र ११ नेपाली गरि १३ जना मात्र रहेको फेला परेको छ ।

उनीहरु अलपत्र परेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरुको उद्धारको लागि हिजो कार्तिक १४ गते त्यस तर्फ गएको थियो ।

पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल गएको सुरक्षा फौजले शनिबार बिहान ११ नेपालिलाइ चामे तर्फ ल्याउंदै गरेको छ । चिनियाँ नागरिक भने मौसम केही खुलेकोले भ्रमण पूरा गर्ने भन्दै बेश क्याममानै बसेका छ्न् ।

शनिबार, १५ कार्तिक, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !