मालिका गाउँपालिका–२ मा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजनाबाट ३३८ परिवार लाभान्वित भएका छन् ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोग तथा उपभोक्ताहरुको श्रमदानमा खवाङ्ग शेरेधारा, धुल्वाङ र घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना निर्माण भएको हो ।

कूल रु एक करोड ७१ लाख ७१ हजार ८५१ को लागतमा निर्माण भएका योजनाबाट ३३८ वटा धाराबाट घरघरमा खानेपानी वितरण गरिएको मालिका गाउँपालिका–२ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताए ।

खानेपानी योजना निर्माणमा नेवाले रु ८० लाख ७० हजार २१० र मालिका गाउँपालिकाले रु ४२ लाख ९१ हजार ९० लगानी गरेका छन्भने उपभोक्ताहरुले रु ४७ लाख नौ हजार सात सय ५१ बराबरको श्रमदान गरेका थिए ।

मालिका गाउँपालिकाको १, २ र ३ नम्बर वडामा आर्थिक वर्ष २०८१÷०८२ मा सात वटा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माण भएका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । वडा नम्बर १ निस्कोटमा एक सय २५ र वडा नं. ३ को डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ दुई सय २५ घरपरिवार, पात्लेका एक सय २२ र लुुम्पीपारका ५३ परिवार लाभान्वित भएका उनले बताए ।

शुक्रबार, १६ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो