जैविक विविधता, पर्यावरण र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसाथ ताप्लेजुङको मुक्कुलुङ क्षेत्रमा मुन्धुमी बिधिअनुसार वृक्षरोपण गरिएको छ । मुन्धुमी संस्कारअनुसार प्रकृति र प्रकृतिकी देवी ताम्भुङनासँग फेदाङमाले नागरिकको तर्फबाट माफ मागेपछि मात्र जमिन खनेर विरुवा रोप्ने परम्परा छ ।

बृक्षरोपणमा पूर्वी नेपालको नौ जिल्लाका प्रकृति प्रेमीहरुले केवलकार निर्माणका लागि रुख काटेको स्थानमा करिब ६ हजार विरुवा रोपेको मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिको संयोजक लिङखिमलेले जानकारी दिनुभयो ।

मुक्कुमलुङ क्षेत्रमा पाथिभरा केवलकार दर्शन प्रालिले केवलकार निर्माणका निम्ति करिव ५० हजार जति रुख काटिसकेको छ । मुक्कुमलुङ क्षेत्रमा केवलकार निर्माणले आदिवासी जनजाति लिम्बु समुदाय, हिन्दु र बौद्ध धर्मालम्बीहरुको आस्थामा आघात पुगेको स्थानीयको गुनासो छ ।

मुक्कुलुङको वन क्षेत्र सुख्खा र चिसो मौसमका कारण विरुवा वाच्ने सम्भावना कम हुनुका साथै हुर्कन पनि समय लाग्ने हुनाले गत साल रोपिएको विरुवा मरेको हुर्कन नसकेको ठाउँमा पुनः रोपिएको हो ।

गत बर्ष जेठ ३१ देखि असार २५ सम्ममा करिव ६० हजार विरुवा रोपिएको थियो । वृक्षरोपणको मुन्धुमि बिधि गर्न मुक्कुलुङ आउने फेदाङमाहरुलाई सुरक्षाकर्मीले चेकजाँच गरेको छ । लठ्ठी र खुकुरी बोकेको भन्दै फेदाङमाहरुलाई प्रहरीले चेकजाँच गरेको संघर्ष समितिका संयोजक लिंखिमले जानकारी दिनुभयो ।

संघर्ष समितिका संयोजक लिंखिमका अनुसार बृक्षरोपणपछि लिम्बुहरुको मुन्धुमी सभ्यताको उदगमस्थल इम्बिरि यङघङ, तमोर खोलामा जाने कार्यक्रमसँगै शान्तिपूर्ण आन्दोलनको अर्को चरण सुरु भएको छ । गो.प

सोमवार, २ असार, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान