भारत सरकारको आर्थिक अनुदान सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालयमा छात्रावास तथा चमेनागृह भवन निर्माण गरिने भएको छ। त्यसै प्रयोजनार्थ लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिन्हर्वु गुरुङ र भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले आज एक समारोहबीच संयुक्त रूपमा भवनको शिलान्यास गरे।

नेपाल–भारत विकास साझेदारी सहयोगअन्तर्गत उक्त विद्यालयमा दुई तलाको विद्यार्थी छात्रावास भवन तथा चमेनागृह भवन निर्माण हुनेछ। भारत सरकारको ८० प्रतिशत र लोमान्थाङ गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी रहनेगरी विद्यालयको दुई तलाको २४ कोठे छात्रावास भवन तथा चमेनागृह भवनको पूर्वाधार निर्माण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिए। चार करोड ३० लाख लागतमा रेन्बो कन्स्ट्रक्सनसँग १५ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको उनले बताए।

शिलान्यास कार्यक्रममा भारतीय दूतावासका नियोग उपप्रमुख श्रीवास्तव र लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङसहित दूतावासका अधिकारी विनय आनाद, गाउपालिका उपाध्यक्ष छ्युमी बिष्ट गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट (राजु), लोमान्थाङ गाउँपालिकाका वडाध्यक्षलगायतको उपस्थिति रहेको थियो।

दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले नेपाल—भारत सम्बन्ध सांस्कृतिक तथा सामाजिक रूपमा परापूर्वकालदेखि चल्दै आइरहेको बताए। उनले नेपाल—भारत विकास साझेदारीको अवधारणाअन्तर्गत छात्रावास भवनको शिलान्यास गर्न पाउँदा गौरवान्वित महसुस भएको उल्लेख गरे।

गाउँपालिका अध्यक्ष गुरुङले भारत सरकारले यहाँको शैक्षिक, स्वास्थ्य र सांस्कृतिक विकास र पूर्वाधारमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत उक्त विद्यालय एक मात्र माध्यमिक तहको विद्यालय हो। हाल यहाँ मुस्ताङसहित विभिन्न जिल्लाका ६४ जना विद्यार्थीले आवासीय छात्रावास सुविधासहित पठनपाठन गर्दै आइरहेका विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाठीले जानकारी दिए।

सोमवार, २६ जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !