वाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाउन आवश्यक पूर्वाधार निर्माण गर्ने कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाउने उल्लेख गरिएको हो । काठमाडौँ उपत्यकाका नदी किनारका करिडोर सडकलाई विस्तार गर्दै लगिने अर्थमन्त्री पौडेलले बताए । यसका लागि तीन अर्ब ४२ करोड बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

वाग्मती स्वच्छ बनाउन आर्थिक वर्ष २०५०/५१ देखि नै बजेट विनियोजनसहित अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको स्थापना गरे पनि अझै नदी सफा हुन सकेको छैन । सरकारले आर्थिक वर्ष २०५०/५१ देखि नै विनियोजन गरेको बजेट सदुपयोग नभएकाले वाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदी सफा हुन नसकेको गुनासो सुनिने गरेको छ।

शुक्रबार, १६ जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !