file photo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्रको विकल्पमा अन्य कुनै पनि शासन व्यवस्था नहुने स्पष्ट पारेका छन्।

बुधबार प्रज्ञा प्रतिष्ठानले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको कविता उत्सवमा बोल्दै मन्त्री पाण्डेले लोकतान्त्रिक व्यवस्थाका कमजोरीहरू सुधार्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।

उनले भने, ‘लोकतन्त्रको विकल्पमा कुनै पनि राजनीतिक व्यवस्था हुन सक्दैन। लोकतन्त्रमा भएका कमी–कमजोरी सुधार गर्दै जानुपर्छ। प्राप्त उपलब्धिहरू गुमाएर अर्को व्यवस्था ल्याउने कुरा देशलाई फेरि गोलचक्रमा लैजाने प्रयास मात्रै हुन्छ।’

मन्त्री पाण्डेले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै नेपालको स्थायित्व र समृद्धिको आधार भएको उल्लेख गर्दै यसैलाई सबल र प्रभावकारी बनाउनु नै आजको आवश्यकता भएको बताए।

उनले तीनवटै तहका सरकारबीच समन्वयमा आधारित कार्यशैली आवश्यक रहेको धारणा राख्दै सबै तहका सरकारले एकअर्कासँग मिलेर राष्ट्र निर्माणमा लाग्नुपर्ने औंल्याए।

मन्त्री पाण्डेले नेपाली कवि, साहित्यकार र लेखकहरू क्रान्तिका प्रत्येक चरणमा जनचेतना जगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै गणतन्त्रको पक्षमा कलम चलाउन आग्रह गरे।

साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिर्जनात्मक व्यक्तित्वहरूको सम्मान र प्रवर्द्धनमा सधैं तयार रहेको उल्लेख गर्दै उहाँले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने प्रतिवद्धता जनाए।

बुधबार, १४ जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !