Trending
एउटै घरका पाँचजना परिवारले मकालृु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेकाछन् भन्दा तपाँइलाई आश्चर्य लाग्न सक्छ । तर, आश्चर्य नमान्नुहोस, संखुवासभाको मकालु गाउँपालिका वार्ड नम्बर–२ टासी गाउँका एकै परिवारका ५ जनाले संखुवासभास्थित मकालु हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका हुन् । एकै परिवारका आङदावा शेर्पा,पेछुम्बे शेर्पा, मुन्टु लाक्पा शेर्पा, एनीमा शेर्पा र निमा दोर्ची शेर्पाले मकालु हिमालको सफलतापूर्वक आरोहण गरेका हुन् । सबै भन्दा कान्छी महिला आरोही एनीमा शेर्पाले सबै भन्दा कम उमेरमा आरोहण गरेकी हुन् । बिश्वको पाचौ अग्लो मकालु हिमाल ८४६३ आरोहण गरेर उनीहरुले कीर्तिमान कायम गरेका हुन् ।

यस भन्दा अघि पनि के टु हिमाल सफलतापूर्वक आरोहण गरेर उनीहरुले विश्वकीर्तिमान कायम गरी सकेकाछन् । उनीहरुले नेपालको शिर उच्च राख्दै नेपालको राष्ट्रिय झण्डा चुचुरोमा फहराएका थिए । आरोहीहरु सेभेनसमिट ट्रेक र एट के एक्सपीडिसनबाट आरोहण गरेका हुन् । आङदावा शेर्पा अमेरिकामा बस्दै आएकाछन् । तर पनि नेपालको नाम विश्वमा राख्न प्रायः प्रत्येक बर्ष कीर्तिमान बनाउन हिमाल अराोहणको योजना बनाउने गरेकाछन् । सामाजिक काममासमेत क्रियाशिल शेर्पा हिमाल आरोहण गर्न भनेपछि हुरुक्कै हुने गरेकाछन् । यसैबीच मकालु गाउँपालिकाले उनीहरुलाई एक कार्यक्रमकाबीच भव्य रुपमा सम्मानीत गरेको छ । मकालु गाउँपालिकामै अवस्थित हिमाल आफ्नै गाउँवासीले अरोहण गरेर कीर्तिमान कायम गरेको भन्दै गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरीङ शेर्पाले सबै आरोहीहरुलाई सम्मानीत गर्नुभएको हो । पछिल्लो पटक विश्वको पाँचौ अग्लो हिमाल आरोहण गर्नेको संख्या बढ्दै गएको छ ।