काठमाडौंमा जारी ‘सगरमाथा संवाद’को दोस्रो दिन शनिबार विभिन्न विषयमा छलफल सत्र सञ्चालन हुँदैछ।

बिहान ९ बजेदेखि साँझ साढे ६ बजेसम्म चल्ने कार्यक्रममा ४ विषयमा ९ वटा छलफल सत्र चलाइनेछ, जसमा हरित अर्थतन्त्र, जलवायु हानि–नोकसनी र न्यूनीकरण, जलवायु न्याय र मानवताको भविष्य र विश्वव्यापी तथा क्षेत्रीय साझेदारी शीर्षकमा छलफल हुने संवाद सचिवालयले जनाएको छ। हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको छ।

संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यो सत्रमा बोल्ने अवसर हुनेछ। प्रत्येक प्रतिनिधिमण्डलले आफ्ना विचार राख्न पाँच मिनेट समय पाउनेछन्।

संवादको पहिलो दिन हिजो जलवायु परिवर्तनको असर, जोखिम र न्यायका विषयमा छलफल भएको थियो। जलवायु परिवर्तनमा भूमिका नै नभएका नेपालजस्ता देशलाई बढी कार्बन उत्सर्जन गर्ने देशरुले जलवायु न्यायका लागि वित्तीय सहायता माग गरिएको थियो। सहभागी देशहरूले पनि सघाउने प्रतिबद्धता जनाएका थिए।

सरकारले ६ वर्षअघि नै सगरमाथा संवाद आयोजना गर्न खोजे पनि कोभिड महामारीका कारण रोकिएको थियो। लामो समयको तयारीपछि आयोजना गरिएको संवाद आइतबारसमापन हुनेछ। अन्तिम दिन अतिथिहरूका लागि सगरमाथामा उडानको व्यवस्था गरिएको छ।

काठमाडौं घोषणापत्र जारी गर्दै कार्यक्रम समापन हुनेछ।

शनिबार, ३ जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान