शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारै पर्यटकहरुको रोजाइमा पर्न थालेको छ। शान्त वातावरण, ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै वन्यजन्तु हेर्न मिल्ने भएकाले पनि स्वदेशी तथा विदेशी पर्यटकहरुको रोजाइ शुल्लाफाँटा हुने गरेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किलोमिटरको दूरीमा शुक्लाफाँटामा ठूलो घासे मैदान (फाँट) छ। विश्वकै सबैभन्दा ठूलो घाँसेमैदानमा पनि यसको विशेषता हो। ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ।

जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ। यहाँ घुम्न आउने आगन्तुकहरुलाई फाँटामा बाह्रसिङ्गाले स्वागत गर्छन्। बाह्रसिंगाको टाउकामा सिङका छ–छ वटा हाँगा हुन्छन्। आँखै अगाडि देखिने बाह्रसिङ्गाको झुण्डले यहाँ आउने आगन्तुकको मन लोभ्याउने गरेको छ।

शुक्लाफाँटाको विशाल घाँसेमैदानमा मयुँर नाचेको दृश्यले त आगन्तुकको मनै लोभ्याउने गरेको छ। उक्त फाँटमा पाठेबाघको दृश्यसमेत देख्न सकिन्छ। शुक्लाफाँटाको पूर्वीतर्फ बग्ने चौधर खोला, बर्कौला र फाँटा पाटेबाघ देखिने ठाउँ हुन्। सोही फाँटमा राजा महेन्द्रले २०२४ सालमा सिकार खेलेका र हालको दुधिया क्याप्प भन्ने ठाउँमा राजा महेन्द्र एक रात बास बसेको बताइन्छ।

शुक्लाफाँटा घुम्ने मुख्य समय फागुनदेखि असारसम्म हो। वसन्त ऋतुमा त शुक्लाफाँटामा फुल्ने रङ्गीविरङ्गी फूलहरुले आगन्तुकलाई स्वर्गको आभास दिलाउँछ। निकुञ्जभित्र अन्य थुप्रै साना–ठूला धेरै फाँटाहरु छन्, जहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ। निकुञ्जको पूर्वी क्षेत्रमा हिरापुर फाँटा छ, त्यहाँ कृष्णसार संरक्षण गरिएको छ। निकुञ्ज प्रवेश गर्ने दुई वटा बाटा छन्। एउटा रानीताल भएर फाँटा पुगिन्छ भने अर्को बर्कोलाको बाटो। फाँटमा पर्यटकका लागि काठका चार वटा मचान बनाइएका छन्। ती मचानहरुबाट पर्यटकले शुक्लाफाँटाको दृश्य अवलोकन गर्न र तस्वीर लिने सक्नेछन्।

शुक्लाफाँटाभित्रै रानी ताल छ। त्यहाँ रानी ताल सँगसंँगै अन्य ससाना तालहरु पनि छन्। त्यहाँ प्रशस्त रुपमा गोहीहरु र चराचुरङ्गीहरु देख्न पाइन्छ। जानकारहरुका अनुसार सिंहपाल राजाका रानीहरुले नुहाउने ताल भएकाले उक्त तालको नामकरण रानी ताल राखिएको हो।

वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा। निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, ८०–९० वटा निलगाई र ४४९ भन्दाबढी प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ।

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भूँडीफोरजस्ता वन्यजन्तु पनि छन्। स्तनधारी वन्यजन्तुमा पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपिड खरायो, बँदेललगायत ५३ भन्दाबढी प्रजातिहरू रहेका छन्। त्यसैगरी २५ वटा जङ्गली हात्ती, १६ वटा एकसिङ्गे गैँडा, ४२ वटा पाठेबाघ रहेको बताइन्छ। शुक्लाफाँटाको छेउ पिपरियामा रहेको हात्तीसारमा हात्ती चढ्न पाइन्छ।

निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्ले पछिल्लो समय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुहुन्छ। उहाँका अनुसार चालु आर्थिक वर्षको कात्तिकदेखि चैत्र मसान्तसम्म शुक्लाफाँटामा दुई हजार ३८८ विदेशी र दुई हजार १८१ जना नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। सबैभन्दा बढी फ्रान्स र स्पेनका पर्यटक यहाँ घुम्न आउँछन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड विष्णुप्रसाद पनेरु फाँटामा एकै ठाउँमा विभिन्न प्रजातिका चरा, बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु देखिँदा विदेशीहरु धेरै खुसी हुने गरेको बताउँछन्।

शुक्लाफाँटामा शुक्लाफाँटा पर्यटकका लागि यो उत्कृष्ट गन्तव्य भएकाले ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको स्थानीय रमेश पन्त बताउँछन्। उनले भने, ‘यहाँबाट भारतका ठूला सहरहरु धेरै नजिक भएकाले त्यहाँ आउने पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ।’

उनले शुक्लाफाँटा मात्रै नभई नजिकै रहेको दोधारा चाँदनी झोलुङ्गेपुल, झिलमीला ताललगायत सहायक गन्तव्य रहेको बताउँदै राज्यस्तरबाट पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए। पछिल्लो समय पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्यासमेत बढ्दै गएकाले पर्यटकहरुको सहजताका लागि तीनवटै तहका सरकारले लाग्नुपर्ने उनको भनाइ छ। -रासस

सोमवार, २९ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान