निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेलाई यस बर्षको जीवन स्मृति पुरस्कार प्रदान गरीने भएको छ । जीवन स्मृति प्रतिष्ठान झापाले जीवन स्मृति पुरस्कारका लागि नयाँघरेको नाम छनौट गरेको हो । प्रतिभा छनौट समितिको सिफारिसमा कार्यसमितिले निबन्धकार तथा नियात्राकार नयाँघरेलाई नेपाली निबन्ध लेखनमा विशेष योगदान पु¥याएको भन्दै पुरस्कार दिने निर्णय गरेको हो । नयाँघरेको निबन्ध र नियात्रामा बिज्ञता छ । नयाँघरे नेपाली साहित्य र पाठककाबीच चर्चित हुनुहन्छ भने उहाँका निबन्ध र नियात्रा पनि पाठककाबीच लोकप्रियछन् ।
यसैगरी लीला उदासी, कलाकार विक्रमश्री, कथाकार रीता ताम्राकारलाई पुरस्कृत प्रतिभा छनौट गरेको छ । साथै युवा प्रतिभा प्रोत्साहन पुरस्कारका लागि खुशी चोमू शेर्पालाई छनौट गरेको कुरा सस्थाका सचिव धनकुटे कान्छाले जानकारी दिनुभयो ।
जीवन आचार्य ३० को दशकका चर्चित कवि, कलाकार, डिजाइनर तथा स्तम्भकार हुन् । उनको नाममा जीवन स्मृति प्रतिष्ठान स्थापना भई हरेक वर्ष सस्थाले प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । उक्त पुरस्कारहरु जीवन आचार्यको स्मृति दिवसको अवसरमा जेठ महिनामा कार्यक्रम गरी प्रदान गरिने छ । जीवन स्मृति प्रतिभा पुरस्कार जनही २० हजार एकसय ११ नगद र ताम्रपत्र साथै जीवन स्मृति युवा पुरस्कार दशहजार एकसय एघार नगद र ताम्रपत्रसहित पुरस्कृत गरिने छ ।

शनिबार, २७ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !