file photo

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमिकहरूलाई शुभकामना व्यक्त गर्दै श्रमिकको पसिना र समर्पणले देश अगाडि बढेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले श्रमिकको श्रमले समाज बाँचिरहेको र राष्ट्रको प्रगति सम्भव भएको उल्लेख गरेका छन्।

श्रमिकको सामाजिक सुरक्षाका लागि सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको उल्लेख गर्दै उनले प्रारम्भमा योजना प्रति व्यङ्ग्य र आलोचना सहनुपरेको स्मरण गराएका छन्।

‘आज ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै, २० लाखभन्दा बढी श्रमिकले सामाजिक सुरक्षा योजनाबाट भरोसा पाएका छन्,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ।’

प्रधानमन्त्रीले छोराछोरीको उज्यालो मुहार र आमाबुबाको निर्धक्क जीवन श्रमिकको घरमा ल्याउन आफूहरू सफल हुँदै गएको उल्लेख गर्दै श्रमिकको योगदानको उच्च कदर गर्न सबैमा आग्रह गरेका छन्।

‘श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘जय श्रमिक, जय देश!’

बिहिबार, १८ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !