file photo

जिल्लाको गण्डकी गाउँपालिका-६ बनटारस्थित चेपाङ बस्तीमा खानेपानीको धारा भए पनि पानी भने छैन।

गण्डकी सरकारको ‘एक घर, एक धारा’ अभियानअन्तर्गत बनटारमा आर्थिक वर्ष २०७८।७९ देखि आयोजनाको काम सुरु भएको थियो। आयोजनाअन्तर्गत संरचना निर्माण दुई वर्षअघि सम्पन्न भए पनि धारामा पानी भने नआएको स्थानीय बिन्दास चेपाङले बताए।

हरेक वर्षको सुक्खायाममा गाउँमा खानेपानीको हाहाकार मच्चिने गरेको भन्दै उनले भने, ‘घरमा धारा जोडेको दुई वर्ष भइसक्यो तर पानी छैन।’

कहिलेकाहीँ पानीको निहुँमा गाउँमा झगडा हुने गरेको उनले बताए। गाउँमा खानेपानीको व्यवस्था नहुँदा बनटारका ५५ परिवारले कुवाको धमिलो पानी खान बाध्य भएको बनटार खानेपानी उपभोक्ता समितिका सचिव धनबहादुर गुरुङले बताए।

रकम अभाव तथा स्थानीयले श्रमदान नगरेकाले आयोजनाले पूर्णता पाउन नसकेको उनको भनाइ छ। ‘खानेपानीको ट्याङ्की, धारालगायत संरचना निर्माण भएर पनि आयोजना अलपत्र छ’, गुरुङले भने।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका सबइन्जीनियर दीपक खनालले रकम अभाव तथा स्थानीयले श्रमदान नगरेकाले आयोजना सम्पन्न हुन नसकेको बताए।

‘खानेपानी आयोजनामा पानी वितरणको काम श्रमदानबाट गर्नुपर्ने प्रावधान छ। यहाँ संरचना निर्माण सम्पन्न भई भुक्तानीसमेत भइसकेको छ। श्रमदानको पाटोले गर्दा रोकिएको हो’, उनले भने। कार्यालयले स्थानीयसँग आवश्यक समन्वय गरी चालू आर्थिक वर्षभित्र आयोजनालाई पूर्णता दिने गरी काम गरिरहेको खनालले बताए।

आइतवार, ७ बैशाख, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !