भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु भएको छ । भक्तपुर नगरबासीले विहानै दत्तात्रयबाट र्‍याली सुरु गरेर जात्राको विधिवत सुरु गरेका हुन् ।

प्रसिद्ध पाँचतले मन्दिर टौमढी अगाडि भैरवनाथको रथ आज दिउँसो तान्ने चलन रहेको छ । नयाँ वर्ष आगमनको तीन दिन अगाडि यो वर्ष चैत २८ गते विहिबारदेखि प्यागोडा शैलीमा बनाइएको तीनतल्ले काठको ३० फिट अग्लो भैरवनाथको रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । रथको दुईतीर मोटोमोटो डोरी राखेर हजारौं युवाले रथ तान्ने गर्दछन् ।

आज जात्राको पहिलो दिन नेपाल भाषामा द्यो क्वह विज्याइज्यू अर्थात देवता रथ तल सवारी हुने भनिन्छ । जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लाने भएकोले सो साइटमा ६ वटा र अर्को साइटमा चार वटा मात्रै डोरी राखिने गरिन्छ । तर दुवैतिर प्रतिस्पर्धात्मक रुपमा तानेर पछिल्लो वर्ष जता पनि लैजान गर्दछन् ।

जात्रालाई हर्षोलासमय रुपमा मनाउन गुठी संस्थान र भक्तपुर नगरपालिकाले सबैमा अनुरोध गरेको छ । जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत देशका विभिन्न भागबाट हजारौं मानिसहरु भक्तपुर आउने गर्दछन् । भैरवनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँचतल्ले मन्दिर अगाडि नै रहेको भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ ।

विस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ । जात्राको चौथो दिन ल्योसिङख्योमा तान्त्रिक रुपमा ५५ हाते लिङ्गो उभ्याएर वीरध्वज र विश्वध्वज झुण्डयाउने परम्परा रहेको छ ।

तान्त्रिकपूजा गरेर तलेजुमा दुमाजु, बाराहीको तिंप्वा जात्रा र खौमाको इन्द्रयाणी देवीको जात्रा समेत गर्ने परम्पररा छ ।बिस्केट जात्रालाई स्थानीय भाषामा बिस्का भनिने चलन छ । नगरको केन्द्र भाग पाँचतले मन्दिर प्रांगण अहिले मानिसको भिडभाड बढेको छ ।

बिहिबार, २८ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा