Trending
बुधवार दिउँसो काठमाडौं सहितका जिल्लामा हल्का पानी परेको छ । झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायत विभिन्न जिल्लाहरूमा मेघ गर्जन र चट्याङसहित हल्का पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बढ्दो वायु प्रदूषणका कारण काठमाडौँ लगायतका सहरहरू प्रभावित भएका बेला परेको पानीपछि राहत महसुस हुने अपेक्षा गरिएको छ । वायु प्रदूषणको स्तर बढेसँगै आँखा पोल्ने, टाउको दुख्ने जस्ता स्वास्थ्य समस्याहरू देखिएका छन्।
पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट भिएको जलवाष्फयुक्त हावाको असरस्वरूप मौसममा बदली भई पानी परेको मौसमविद् गोविन्द झाले बताए ।
उनका अनुसार विहीबार पनि काठमाडौं उपत्यकामा वर्षात् हुने अनुमान छ । पानी ठाउँठाउँमा जमिन भिजाउने गरी परेको र वायु प्रदूषण पनि केही न्यूनीकरण होला भन्ने आशा गरिएको उनको भनाइ छ ।