file photo

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले कांग्रेस–एमाले गठबन्धन सरकारले औचित्य सावित गर्न नसकेको बताएका छन् । आज (आइतबार) डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दैै उनले कांग्रेस–एमाले गठबन्धन सरकार बन्दा संविधान संशोधन, आर्थिक अवस्था सुधार र सुशासन कायम गर्ने कुरालाई प्रमुख प्राथमिता दिइएको भएपनि त्यसतर्फमा कुनै काम हुन नसकेको बताएका हुन् ।

उनले अहिलेको देशको राजनीतिक परिस्थिति अत्यन्त नाजुक अवस्थामा रहेको बताए । नेता कोइरालाले देशको आर्थिक अवस्था दिनानुदिन खराब हुँदै गएको र विचौलियाहरुको बिगबिगी नै रहेको बताए । उनले भने, ‘हरेक तप्काका विचौलियाहरुको बिगबिगी भएको छ । अहिले जुन परिस्थिति छ, एमालेका नेतृत्वमा नेपाली कांग्रेसको सरकार पनि छ ।

यो सरकार बनाउँदाखेरी एउटा कल्पना गरिएको थियो । त्यो कल्पना हामीहरुले अगाडि बढाउन सकिएको देखिएको छैन । संविधानमा सुधार गर्ने भनिएको थियो । आज नौ महिना बितिसक्यो, त्यतातिर ध्यान पुर्याउन सकिएको छैन । के–केमा संशोधन गर्ने हो, त्यो हामी गरौं । गर्नै पर्छ । किनकी प्रधानमन्त्रीजीले रोस्ट्रममा उभिएर भनेको कुरा हो । कांग्रेस–एमालेको सहमतिको डकुमेन्ट हो यो ।’

आइतवार, २४ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान