Trending
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले कांग्रेस–एमाले गठबन्धन सरकारले औचित्य सावित गर्न नसकेको बताएका छन् । आज (आइतबार) डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दैै उनले कांग्रेस–एमाले गठबन्धन सरकार बन्दा संविधान संशोधन, आर्थिक अवस्था सुधार र सुशासन कायम गर्ने कुरालाई प्रमुख प्राथमिता दिइएको भएपनि त्यसतर्फमा कुनै काम हुन नसकेको बताएका हुन् ।
उनले अहिलेको देशको राजनीतिक परिस्थिति अत्यन्त नाजुक अवस्थामा रहेको बताए । नेता कोइरालाले देशको आर्थिक अवस्था दिनानुदिन खराब हुँदै गएको र विचौलियाहरुको बिगबिगी नै रहेको बताए । उनले भने, ‘हरेक तप्काका विचौलियाहरुको बिगबिगी भएको छ । अहिले जुन परिस्थिति छ, एमालेका नेतृत्वमा नेपाली कांग्रेसको सरकार पनि छ ।
यो सरकार बनाउँदाखेरी एउटा कल्पना गरिएको थियो । त्यो कल्पना हामीहरुले अगाडि बढाउन सकिएको देखिएको छैन । संविधानमा सुधार गर्ने भनिएको थियो । आज नौ महिना बितिसक्यो, त्यतातिर ध्यान पुर्याउन सकिएको छैन । के–केमा संशोधन गर्ने हो, त्यो हामी गरौं । गर्नै पर्छ । किनकी प्रधानमन्त्रीजीले रोस्ट्रममा उभिएर भनेको कुरा हो । कांग्रेस–एमालेको सहमतिको डकुमेन्ट हो यो ।’