काठमाडौं उपत्यकामा आज विभिन्न राजनीतिक प्रदर्शनका कारण सडकमा सवारी जाम हुने संभावना छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार, आज राजधानीका केही प्रमुख स्थानमा जामको समस्या हुनसक्छ।

प्रदर्शनका कारण काठमाडौंको तीनकुने र भृकुटीमण्डप क्षेत्रमा सवारी जाम हुने अनुमान गरिएको छ। तीनकुनेमा राजावादी समूहको र भृकुटीमण्डपमा गणतन्त्रवादीहरूको प्रदर्शन हुने छ। ट्राफिक व्यवस्थापनको लागि आज एक हजार ८०० ट्राफिक प्रहरी खटाइने प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रदर्शनका कारण रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन प्रभावित हुने देखिन्छ। साथै, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, र बानेश्वर क्षेत्रमा पनि सवारी जाम हुने अनुमान गरिएको छ।

आवश्यकताअनुसार विभिन्न सडकमा सवारी डाइभर्सन हुने र ट्राफिक प्रहरी पालैपालो खटिने गिरीले बताए । भृकुटीमण्डपमा प्रदर्शन बिहान १२ बजेदेखि र तीनकुनेमा १ बजेदेखि शुरु हुने तय भएको छ। सवारी जामका कारण यातायातमा असहजता नहोस् भनी ट्राफिक प्रहरीले सडकमा यात्रा गर्ने सबैले अतिरिक्त समय राखी सावधानी अपनाउन आग्रह गरेको छ।

शुक्रबार, १५ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान