मारवाडी समुदायले पनि काठमाडौंको भृकुटीमण्डपमा हर्षोल्साससाथ भव्य रुपमा होली पर्व मनाएका छन् । मारवाडी संस्कृति, परम्परा अनुसार ढोलक र विभिन्न बाजागाजासहित खुशीयाली साटासाट गर्दै होली मनाएको मारवाडी सेवा समिति नेपालका अध्यक्ष प्रमोद अग्रवालले जानकारी दिनुभयो ।

मारवाडी युवा मञ्च, मारवाडी सेवा समिति नेपाललगायत मारवाडी समूदायले आयोजना गरेको होली यो समूदायले विशेष चाडको रुपमा लिने गर्दछन् । मारवाडी युवा मञ्चका अध्यक्ष प्रकाश केजरीवालले संस्कृतिको संरक्षण गर्दै एकापसमा खुशी साटासाट गरेर मारवाडी समुदायले होली मनाउने गरेको बताउनुभयो । उहाँले मारवाडी समूदाय आफ्नो संस्कृतिलगायत सबै कुरामा धनि रहेको भन्दै रंगहरुको पर्व होली धूमधामकासाथ मनाएको बताउनुभयो । होलीमा भारतको राजस्थानबाट आएका कलाकारहरुको समूहले होलीलाई रंगिन बनाएका थिए ।

होलीमा मारवाडी समुदायको सांस्कृति र पहिचान झल्कने गीत, संगित र नृत्य प्रस्तुत गरीएको थियो । होली खेल्नेहरु मारवाडी समुदायको पहिरनमा सजिएका थिए । उनीहरुले बर्षेनी होलीलाई भव्य र सभ्य रुपमा मनाउने गरेको मारवाडी सेवा समिति नेपालका महासचिव धर्मेन्द्र अग्रवालले बताउनुभयो ।

शुक्रबार, १ चैत्र, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा