काठमाण्डौ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि चल्न नसकेकाले प्रदूषणको मात्रा बढेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौमा मौसम धुम्मिएको छ । केही दिनयता आकाश खुल्न सकेको छैन । पानी पनि पर्न नसक्दा वायु प्रदूषणको मात्रा अस्वस्थ स्तरमा पुगेको छ ।

वायु गुणस्तर निगरानी गर्ने आईक्यू एअरसूचकका अनुसार काठमाण्डौ आज विश्वकै दोस्रो बढी प्रदूषित शहरको सूचीमा छ । काठमाण्डौमा बिहान ९ बजे आईक्यू एअर सूचकांक एक सय ८४ रहेको छ ।

पहिलोमा भारतको दिल्ली रहेको छ । दिल्लीको सूचकांक दुई सय ३० छ । त्यस्तै तेस्रोमा बङ्गलादेशको ढाका रहेको छ । त्यसपछि पाकिस्तानको लाहोर र कुवेत छन् ।

यसअघि विश्वभर हावाको गुणस्तर अनुगमन गर्ने संस्था आईक्यू एअरले प्रकाशन गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२४ मा प्रदुषित देशहरुको सूचीमा नेपाल सातौ नम्बरमा पुगेको उल्लेख छ ।

तथ्याङ्क अनुसार सन् २०२४ मा नेपालको हावामा आँखाले नदेखिने धूलोको कण पीएम २.५ सरदरमा ४२ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार हावामा पीएम २.५ को मात्रा वार्षिक औसतमा पाँच माइक्रोग्राम घनमिटरभन्दा बढी हुन हुँदैन ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सरलगायत रोगको जोखिम बढ्छ ।

 

बुधबार, २८ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा