file photo

रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ र २ मा अहिले पनि दैनिक उपभोग्य वस्तु घोडा र खच्चडबाट ढुवानी हुने गरेको छ। यी दुई वडामा सडकसम्पर्क स्थापित नहुँदा ढुवानीका लागि परम्परागत साधनमै भरपर्नु परेको छ।

पुथाउत्तरगङ्गा गाउँपालिका–१२ देउखोलासम्म मात्रै सावारीसाधन सञ्चालन हुने गरेका छन्। देउखोलाभन्दा माथिको भू–भागमा भने घोडा र खच्चडले सामान ओसार पसार गर्ने गरेको सिस्ने–२ का टेकबहादुर खड्काले बताए।

“देउखोलासम्म सडक खुलेको लामो समय भइसक्यो। १० किलोमिटर सडक कालेपत्र भइसकेको छ तर देउखोलाभन्दा माथि कडा चट्टानका कारण सडक विस्ता भएको छैन, जसले गर्दा अझै पनि दैनिक उपभोग्य वस्तुको ढुवानीमा खच्चड र घोडाकै भरपर्ने अवस्था छ”, उनले भने।

नायगाडमा सानिभेरी नदिबाट डोजर तारेर सडक निर्माण भने भएको छ। देउखोलादेखि नायगाडसम्म जोड्ने सडक नबन्दा दुई वडा सडक सञ्जालमा जोडिन नसकेका हुन्। यातायातका साधन नपुगेका कारण यी वडाको विकास पनि प्रभावित भइरहेको छ।

“सिमेन्ट, बालुवा दुवानी गर्दा पनि घोडा खच्चडबाटै गर्नुपर्छ, लागत महङ्गो छ। जिल्लाको दररेट फरक छ, जसले विकासमा समस्या छ”, तिलकराज रसाईलीले भने।

एकातिर यी वडामा सडक बनेको छैन, अर्कोतिर भएका पुराना गोरेटो बाटो पनि व्यवस्थित छैनन्। गत बर्खामा पहिराले बालुकाप्चे भिरको बाटो बगाएपछि झनै समस्या भएको छ। हाललाई देउखोलाबाट सानिभेरी नदीमा बाटो झारेर बगर हुँदै आवतजावत भए पनि बर्खामा भने त्यो बन्द हुनेछ।

सिस्ने–२ का वडा अध्यक्ष कृष्ण खड्काले अर्को भालुकाप्चे भिरमा पनि बाटो बनाउन सकिने अवस्था नरहेको बताए। बर्खामा दुवै ठाउँको बाटो बन्द हुँदा घोडा खच्चडबाट ढुवानी हुने सामान पनि ठप्प हुने उनको भनाइ छ। यी वडा सडक सञ्जालसँग जोडिन अझै केही वर्ष लाग्ने वडा अध्यक्ष खड्काले बताए।

भालुकाप्चे भिरमा गत बर्खामा पहिरो गएको थियो। सिस्ने–१ र २ का नागरिकले बर्खामा यहाँबाट जिल्ला सदरमुकाम डोरीको सहारामा आवतजावत गर्नुपर्ने बाध्यता छ।

सोमवार, २६ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !