जिल्लाका साुमदायिक तथा चक्ला वनमा साल, अस्ना, कर्मालगायत प्रजातिका रुख जोगाउन वन संवर्द्धन प्रणाली अवलम्बन गरिएको छ।

कुकाठका रुखले वन भरिएपछि डिभिजन वन कार्यालयले जिल्लाका २४ सामुदायिक वन र एउटा चक्ला वनमा ती प्रजातिको संरक्षण गर्न वन संवर्द्धन प्रणाली सुरु गरेको हो।

शम्शेरगन्ज माथेबस चक्ला वनको दुई हजार पाँच सय ७८ हेक्टर र त्रिशक्ति सामुदायिक वनसहित २४ वटा सामुदायिक वनका पाँच हजार आठ सय २५ हेक्टर क्षेत्रफलमा वन संवर्द्धन प्रणाली लागु गरेर सालका रुखका साथसाथै अन्य रुख बढाउने काम भइरहेको जिल्ला वन कार्यालयका प्रमुख शंकरप्रसाद गुप्ताले जानकारी दिए।

कार्यालयले दुई हजार दुई सय हेक्टर नयाँ चक्ला वन विस्तार गर्ने कार्ययोजना बनाएको उनले बताए। वन संवर्द्धन प्रणाली लागू गरेपछि साल प्रजातिबाहेक अन्य रुखका संरक्षण हुने विश्वास गरिएको छ। ‘यसको उद्देश्य सालका प्रजातिसँगै अन्य जातका प्रजातिलाई पनि जोगाएर वन क्षेत्रको संरक्षण गर्नु हो’, उनले भने।

जिल्ला वन कार्यालयका सूचना अधिकारी टंकबहादुर गुरुङले सामुदायिक वनका उपभोक्ताले सो प्रणालीबाट प्रशस्त मात्रामा लाभ लिएको उल्लेख गर्दै काठ र दाउरा पनि प्रशस्त उपभोग गरेको बताए। ‘यस प्रणालीबाट कतिपय ठूला सामुदायिक वनले त वर्षमा एक करोड हाराहारीमा आम्दानी गरिरहेका छन्’, उनले भने।

सूचना अधिकारी गुरुङले सो प्रणालीबाट पिपल, वर, बेल र चराका बासस्थान (गुँड) हुने प्रजातिका रुखको समेत संरक्षण गरिएको जानकारी दिँदै ८० प्रतिशत सालका रुख र २० प्रतिशत अन्य रुखको संरक्षणमा जोड दिइएको बताए। दुई वर्षअघिबाट मात्र बाँकेमा वन संवर्द्धन प्रणाली सुरु भएको थियो।

जिल्ला वन कार्यालयका अनुसार जिल्लामा एक सय १९ वटा सामुदायिक, चार धार्मिक, एक सय चार निजी र एउटा चक्ला वन रहेको छ। डिभिजन वन कार्यालय बाँकेले श्रीखण्ड प्रजातिको बिरुवा संरक्षणका लागि निःशुल्क बिरुवा वितरण गर्न थालेको छ।

सूचना अधिकारी गुरुङले यस वर्ष १८ हजार बिरुवा उत्पादन गरेर वितरण गर्ने योजना रहेको जानकारी दिए। उनले यस वर्षदेखि नै ती बिरुवाको निःशुल्क वितरण हुने उल्लेख गरे। रासस

आइतवार, २५ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा