Trending
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले असामाजिक तत्वहरुले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । इस्लाम धर्मावलम्वीहरुले मनाउने रमजान पर्वको अवसरमा काठमाडौमा भएको एक कार्यक्रममा उहाँले त्यसका विरुद्ध सबै एकढिक्का भएर उभिन जरुरी रहेको बताउनुभएको छ ।
उहाँले नेपालमा बसिरहेका सबै जातजाति साझा फूलवारी भएको उल्लेख गर्दै कसैले दुष्प्रयास गर्दैमा मिलेर बसेको समुदाय नखल्बलिने समेत बताउनुभयो । नेपालमा रहेका सम्पूर्ण धर्मावलम्वीहरु र जातजातिहरुले मिलेर बसेको सन्देश विश्व समुदायलाई दिन जरुरी रहेको उहाँको भनाई थियो ।
केही व्यक्तिहरुले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने काम गरेको सुनिन्छ । तर यसको विरुद्धमा नेपालको सबै समुदाय एकढिक्का छौँ । कुनै तत्वले प्रयास गरेकै आधारमा मिलेर बसिरहेको समुदाय नखल्बलिने उहाँको भनाई थियो । विश्वभरी नै नेपालको एउटा अलग पहिचान छ । विभिन्न जातजाति बसिरहेको देश नेपाल हो । सबैले आ–आफ्नो तर्फबाट मिलेर बसेको सन्देश कायम गर्नुपर्छ । इस्लामले सिकाएको पाठका आधारमा सबैलाई आवश्यक सहयोग गर्न समेत उहाँले मुस्लिम समुदायलाई आग्रह गर्नुभयो ।